सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

 

काठमाडौँ, २१ कात्तिक

 नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताउनुभयो । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । 

डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । आज लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ । निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ । 

सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताउनुभयो । निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो । निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ । डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उहाँले बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

नेपाल: प्रतिदिन ६ को बलात्कार, तपाईँ चिन्तित हुनुहुन्छ?

  बलात्कारपछि निर्मला पन्तको हत्या गरिए यताको तीन महिनामा दैनिक सरदर छजनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले

लक्ष्मीप्रसाद देवकोटा बितेको ५९ वर्ष भयो, बिजुली महसुल अझै बक्यौता

   २०७५ कार्तिक २८ बुधबार तस्वीर –फाइल काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न

८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

  भोजपुर, २८ कात्तिक  भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)