चितवनका वामपन्थी नेता मास्केको निधन

 

 

चितवन, २१ कात्तिक

जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी पर्नुभएकाउहाँको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । 

विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिनुभएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । २०१६ सालबाट उहाँ चितवनमा बसाइँ सरेर आउनुभएको हो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उहाँले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ । लामो समयसम्म उहाँ पार्टीको सल्लाहकारको रुपमा रहँदै आउनुभएको थियो । यससंँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उहांँले योगदान पु¥याउनुभएको थियो । 

जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहनुभएका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो । चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बन्नुभएका उहाँको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ । स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छा छोरा अमेरिका भएकाले उहांँ फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताउनु भयो ।  (रासस)

प्रतिकृया दिनुहोस

कार्किले जन्मदिन सामाजिक संस्था मनाए  

चितवन, २८ कार्तिक  नेपाल विद्यार्थी संघका नेता एबं विरेन्द्र बह्मुखी क्याम्पस इकाई  पूर्ब अध्यक्ष वचन कार्कीले बुधबार आफ्नो जन्मदिन बिभिन्न

चितवनको नारायणी किनारमा छठको रौनक फोटो फिचर

  चितवन, कात्तिक २७ तराई जिल्लामा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय चितवनको नारायणी नदी किनारमा पनि रौनकका साथ मनाउने गरिन्छ ।चितवनमा

चितवनमा केरा खेतीको लागि क्षेत्र निर्धारण

    चितवन, कात्तिक २६ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले केराको जोन क्षेत्र निर्धारण गरेको छ ।खैरहनी