अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

 

 

 

बुधबार, २१ कार्तिक

अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

सिकाको । अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । 

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुनुुहुन्छ । मिन्नेसोटा प्रदेशमा उहाँ विजयी हुनुभएको हो । 

त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित हुनुभएको छ ।  प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उहाँको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ । 

संसद्मा उहाँहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित हुनुभएको छ । 

संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुनुुहुन्छ । उहाँ इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्नुहुुन्छ । 

अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उहाँहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ । -रासस/एएफपी

प्रतिकृया दिनुहोस

५ अर्ब रुपैयाँको हिरा !

 २८ कार्तिक  एक दुर्लभ गुलावी हिरा ५० मिलियन डलर अर्थात् करिव ५ अर्ब नेपाली रपैयाँमा बिक्री भएको छ। प्रति क्यारेट मूल्यको हिसाबले यस हिराले

किमको मुलुक उत्तर कोरियामा यी कामहरु गर्न छन् प्रतिबन्ध

   २०७५ कार्तिक २८ बुधबार काठमाडौं । रहस्यमयी मुलुक उत्तर कोरियाको विषयमा धेरै कुराहरु गोप्य नै रहेका छन् । उत्तर कोरियाको शासनबारे धेरैको मनमा

क्यानडाको यस्तो घटना जहाँ मिस युनिभर्स प्रतियोगी महिला, पुरुष बनिन्

     सन् २०१२ मा सम्पन्न क्यानडाकी मिस यूनिवर्स प्रतियोगीतामा सहभागि भएकी एक प्रतियोगीले आफ्नो लिंग परिवर्तन गरेर पुरूष बनेकी थिइन्। मोडल