ग्रीन टि पिउनुहुन्छ ? यस्ता छन् बेफाइदा

 

२०७५ कार्तिक २८ बुधबार

 

 तपाईले सुन्नु भएको होला ग्रीन टि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । तर के यो कुरा सत्य हो ? ग्रीन टि पिउनुमा फाइदा मात्र नभएर बेफाइदा पनि रहेको छ ।  हेरौ  ग्रीन टिसँग जोडिएका आवश्यक तथ्य ।
 
प्राय मानिसहरु ज्यादा ग्रीन टि  पिउनाले वजन कम हुन्छ भन्ने गर्दछन् तर ज्यादा ग्रीन टि पिउनाले टाउको दुख्ने, डायरिया हुने जस्ता समस्या देखा पर्दछन् । वजन घटाउन प्रतिदिन ३ कप ग्रीन टि नै  काफी हुन्छ ।
 
 ग्रीन टि पिउनुको सहि समय दिउसो हो । ग्रीन टि विहान खाली पेटमा पिउदा यसमा रहेको केफीनले एसिडिटी बढाउने गर्दछन् ।   निन्द्राको बिषयमा पनि  साधारण चिया पिउदा हुने असर बराबर नै ग्रिन टिले गर्ने गर्दछ ।  ग्रीन टीमा पाइने केफीनको कारणनै निन्द्रामा असर हुने हो ।
 
ग्रीन टि जति पुरानो भयो त्यति फाइदा गर्छ भन्ने चलन छ । तर ६ महिना भन्दा पुरानो ग्रीन टि नपिएकै राम्रो हुन्छ यसमा रहेको  एन्टीअक्सीडेन्टको पावर कम हुदै गएको हुन्छ । त्यस्तै  ग्रीन टि ज्यादा पिउदा साइड इफेक्ट्स हुन्छ ।  ज्यादा ग्रीन टि पिउनाले  हड्डि कमजोर हुन सक्छ र अनीमियाको समस्या बढ्न सक्छ ।  
गर्भावस्थामा ग्रीन टि पिउदा फाइदा भन्दा पनि बेफादा हुन सक्छ । ग्रीन टिमा हुने केफीन र टेनिनका कारण गर्भवती महिलालाई नोक्सान पुर्याउने हो ।एजेन्सी

प्रतिकृया दिनुहोस

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था

काठमाडौंमा मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव

पुस १, २०७५ काठमाडौँ –सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् ।धनगढी नेपाल आँखा अस्पतालको