काठमाडौंका ८० प्रतिशत शिक्षक हाजिर गर्दै, टाप ठोक्दै !

मंसिर १५

काठमाडौं – सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् ।

महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो ।

शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए । विभागले आधा दर्जनभन्दा बढी स्कुलमा अनुगमन गरेको थियो । ती विद्यालयमा २३ जना शिक्षक अनुपस्थित भेटिए । अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

निःशुल्क खाजाले बढायो विद्यार्थी

गलकोट, १ पुस  बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा

खरिदारदेखि उपसचिवसम्म : लोकसेवाले खुलाउँदैछ १४ हजार पदमा भर्ना

पुस १, २०७५ काठमाडौं – सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाऊ

रुपन्देही, २९ मङ्सिर  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ