खेलमैदान निर्माण शुरु

बैतडी, १६ मङ्सिर

 बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उहाँले बताउनुभयो । 

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिनुभएको छ । सुविधासम्पन्न उक्त खेलमैदान रु एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।” 

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ । (रासस)

प्रतिकृया दिनुहोस

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ, १ पुस  विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस  नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न

बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका प्ले अफ् खेलहरुमा जित हात