रात्रिभोज खाँदै अमेरिका र चीनले सुल्झाए विवाद

मंसिर १६, २०७५

काठमाडौं — अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त्य हुने सकारात्मक संकेत प्राप्त भएका छन् । जी२० सम्मेलनको साइडलाइनमा शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी चिनफिङबीत भएको भेटवार्तामा निकै न्यानोपन देखियो । 

ह्वाइट हाउसले ट्रम्प र शीबीच ब्युनर्स आयर्समा भएको बैठक सफल रहेको बताएको छ । 

दुवै नेताबीच सन् २०१९ को जनवरी १ देखि एकअर्कामाथि नयाँ आयातशुल्क नलगाउने सहमति कायम भएको छ । दुवैले हालको व्यापारयुद्धलाई अन्त्य गर्नका लागि लगातार संवाद गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

दुवै नेताले संयुक्त डिनर समेत गरेका थिए । यसबाट चीन र अमेरिकाबीचको चिसो हटेको संकेत दिन्छ । 

जी२० सम्मेलनको साएडलाइनमा भएको यो भेटघाट लगभग साढे दुई घन्टा चल्यो । ट्रम्पले चीनमाथि ९० दिनका लागि २०० अर्ब डलर बराबरको सामानमा शुल्क लगाउने योजना रोकिदिए । 

अमेरिकाले सन् २०१९ को पहिलो दिनदेखि २०० अर्ब डलर मूल्यको सामानमा १० देखि २५ प्रतिशतसम्म आयातशुल्क लगाउने योजना बनाएको थियो । ट्रम्पले दुवै नेता र उनीहरूका सल्लाहकारले अनेकौं विषयमा चर्चा गर्ने बताए ।

एजेन्सी 

 

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै