मोड्रिचले जिते बालोन डि’ओर, रोनाल्डो दोस्रो र मेसी तेस्रोमा सीमित

 

काठमाडौं १८ मंसिर । क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबा पनि तोडेका छन् ।

क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी घोषित मोड्रिचलाई फ्रान्सको चर्चित म्यागेजिनले यो वर्षको बालोन डि’ओरको उपाधि पनि प्रदान गरेको हो ।

३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा थिए । उनैको जायुयी प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।

यसअघि सन् २००७ मा ब्राजिल र एसिय मिलानका फर्वार्ड काकाले बालोन डि’ओर जितेका थिए । त्यसयता २० वर्षसम्म मेसी–रोनाल्डोले ५-५ पटक यो उपाधि जिते ।मोड्रिचले बालोन डि’ओर जित्ने क्रममा उनीसँग प्रतिस्पर्धामा रहेका रोनाल्डो दोस्रो र मेसी तेस्रो स्थानमा रहे । याे खबर अाजकाे अन्नपूर्णपाेष्टमा छ ।

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै