खशोग्गीको ह्वाट्सएप सन्देशबाट खुल्ला हत्याको रहस्य ?

मंसिर १८, २०७५

काठमाडौं

साउदी पत्रकार जमाल खशोग्गीले अक्टोबरमा हत्या हुनुअघि आफ्ना एक निर्वासित साउदी मित्रलाई ४०० भन्दा बढी ह्वाट्सएप सन्देश पठाएको पाइएको छ । उनले सन्देशमा साउदी युवराज मोहम्मद बिन सलमानलाई क्रूर र प्याकम्यान नाम दिएका छन् । युवराजले आफ्नो बाटोमा आइलाग्ने सबैलाई बर्बाद गरिदिने र समर्थकलाई समेत नछोड्ने उनले सन्देशमा लेखेका थिए । प्याकम्याननामक जापानी भिडियो खेलमा एउटा इमोजीले प्याकडट खाँदै अघि बढ्छन् । सीएनएनले सोमवार प्रकाशन गरेको रिपोर्टमा खशोग्गीले क्यानडाको मोन्ट्रीयलमा बस्ने साथी उमर अब्दुल अजीजलाई सन्देश पठाएको उल्लेख गरेको छ । 

अब्दुल अजीजले शेयर गरेको सन्देशमा आवाज रेकर्डिङ, तस्वीर र भिडियो संलग्न छन् । अनि उनले एउटा यस्तो चित्र पनि पनि शेयर गरेका छन् जसले युवराजको खराब आचरणका लागि गम्भीर संकट आएको देखाउँछ । 

खशोग्गीले मे महिनामा पठाएको सन्देशमा लेखे, ‘उनी आफूले चाहे जति मानिसलाई नोक्सानी गर्छन् ।’खशोग्गीले यो सन्देश साउदी कार्यकर्ताहरूको एक समूहलाई घेराबन्दी गरिएपछि पठाएका थिए । उनले भने, ‘उनले यसरी गरेको दमन आफ्नै कार्यकर्तामाथि पनि गरेमा म आश्चर्यचकित हुन्नँ ।’

अक्टोबर २०१७ र अगस्ट २०१८ का बीच लगभग दिनदिनै खशोग्गी र अब्दुल अजीजबीच संवाद भएको थियो । उनीहरूले साउदी युवकहरूले घर फर्काउनका लागि एक विद्युतीय सेना गठन गर्न र सामाजिक सञ्जालमा युवराजकोछवि ध्वस्त पार्ने योजना बनाएका थिए । 

अब्दुल अजीजले आइतवार सीएनएनसँगको भेटघाटमा भने, ‘जमालले युवराज सलमान एक समस्याका रूपमा रहेको र उनलाई रोक्नुपर्ने बताएका थिए ।’अगस्ट महिनामा उनीहरूको कुराकानीको भनक साउदी अधिकारीहरूले पत्ता लगाएको थाहा पाएपछि खशोग्गीले लेखे, ‘भगवान्, हाम्रो सहायता गर्नुस् ।’
त्यसको दुई महिनापछि उनको मृत्यु भयो । 

एजेन्सी

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै