आलिया र रणवीर छिट्टै बिहे गर्ने

 

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि छिट्टै बिहे गर्ने भएका छन् ।लामो समयदेखि प्रेमसम्बन्धमा रहेका आलिया र रणवीरले बिहे गर्ने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ । भारतीय मिडियाका अनुसार, दुवैका परिवारले विहेका लागि सहमति जनाएका छन् ।अहिले आलिया प्रायः रणवीरका आमाबुवासँग समय विताउने गरेकी छन् । आलियाका बुवा महेश भट्टले बिहेका लागि सहमति दिएपछि उनी रणवीरका परिवारसँग समय विताउँन लागेको जनाएको छ ।

लामो समयदेखि आलिया र रणवीर प्रेमसम्बन्धमा छन् । तर, उनीहरुले एक–अर्काका विषयमा केही बोलेका छैनन् ।यतिसम्मकी आलिया छिट्टै न्यूयोर्क जाने भएकी छन् । रणवीरका बुवा ऋषि कपूरको न्यूयोर्कमा उपचार भइरहेको छ । रणवीरकी आमा नीतू कपूर पनि न्यूयोर्कमै छिन् ।नयाँ वर्षमा रणवीर आमाबुवासँगै न्यूयोर्क जाने भएपछि आलिया पनि उतै जाने तयारी गरेको जनाएको छ । उनले सुटिङ चलिरहेका फिल्ममा नयाँ वर्षमा केही समयका लागि विदा लिएको भारतीय मिडियाले जनाएको छ ।रणवीर कपूरका बुवाका उपचार सकिए लगत्तै आलिया र रणवीरको बिहे गर्ने तयारी भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

‘केः’ प्रदर्शनमा आयो 

सन्देश सुब्बा, पाँचथर÷   लिम्बू कथानक चलचित्र ‘केः’ ९च्याब्रुङ० को शनिबार काठमाण्डौंमा च्यारेटि शो गरिएको छ । नयाँवसपार्कस्थित बिजी मलमा

दीपिकाप्रति मलाई गर्व छ : रणवीर

काठमाडौं ।  बलिउड अभिनेता रणवीर सिंहलाई आफ्नो श्रीमति अभिनेत्री दीपिका पादुकोणप्रति गर्व रहेको बताएका छन् । भारतीय एक टेलिभिजनलाई अन्तर्वार्ता

ईशा अम्बानीको विवाहको न्यापकिनको मूल्य कति ?

   २०७५ पौष १ आइतबार काठमाडौं । सबै मानिसहरुको विवाहको पार्टी एकै किसिमको हुँदैन । सबैले आफ्नो क्षमताअनुसारको विवाह वा अन्य पार्टी दिने गर्छन्