शरीरसम्बन्धी १६ रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ !

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन । काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ ।
रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ ।गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ । संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ ।

देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ । दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ । कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् किनकि उनीहरूको शरीरमा फ्याट सेल अरूको भन्दा धेर हुन्छ । हाम्रो शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि शरीरको २० प्रतिशत अक्सिजन यसलाई आवश्यक हुन्छ । यही अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ । 

बीस वर्षभन्दा बढी हुनुभएको छ भने वर्षको एकचोटि शरीरको जाँच गराउनुस् । कोलेस्ट्रोल, रक्तचाप र चिनीको मात्रा सही छ कि छैन भनी थाहा पाइराख्नुपर्छ ।खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसैकारण दिमाग एकदमै सक्रिय हुन्छ । कसरत गर्ने महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । तर तपाईंले पर्याप्त निद्रा पनि पु–याउनुपर्छ । बेकिङ सोडाले दाँत माझ्नुभयो भने दाँत चम्किलो हुन्छ ।गर्भमा छँदा पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलो हुन्छ । 

नङ, ओठ र गुप्तांगको माथिल्लो हिस्साबाट कहिले पनि पसिना आउँदैन । संसारमा गोराहरू बीस हजार वर्षअघि थिएनन् । त्यसअघि मनुष्यहरू काला र गहुँगोरा मात्र हुन्थे । 
फल र तरकारी खाँदा शरीरमा एकखाले अम्ल उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । 

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था

काठमाडौंमा मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव

पुस १, २०७५ काठमाडौँ –सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् ।धनगढी नेपाल आँखा अस्पतालको