शृंखलालाई हौसला दिन चिन जादै बुवाआमा

 

 मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडा चिनको सेन्यामा जारी मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी छिन् । मल्टिमिडिया अवार्ड र ब्युटी विथ अ पर्पजको टाईटल जित्दै फाइनलमा स्थान बनाएकी शृंखलाको हौसला बढाउन उनका बुवा आमा चिन जाने भएका छन् ।

छोरीले मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गर्दै सम्पूर्ण नेपालीको शिर उच्च बनाए पछी फाइनलको लागि थप हौसला दिन आफुहरु चिन जान लागेको प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका शृंखलाका बुबा विरोध खतिवडाले बताउनु भयो । ‘शृंखलाको हौसला बढाउन परिवार र सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै हामी चीन जान लागेका हौँ,’ खतिवडाले भन्नु भयो । मिस वर्ल्डको फाइनलमा टप ३० बाट १५ जना अर्को राउण्डको लागि छनोट हुनेछन् । सोही टप १५ बाट बिजेता चुनिनेछ ।

छोरी फाइनल सम्म पुन सफल भएको र फाइनलमा आफुहरु त्यही हुँदा हौसला बढ्ने भएकोले चिन जान लागेको उहाले बताउनु भयो । शृंखलाको बुवा आमा सहित चिन जाने टोलीमा २० जना रहने बताईएको छ । उनिहरु बिहीवार चिन जानेछन् ।

प्रतिकृया दिनुहोस

‘केः’ प्रदर्शनमा आयो 

सन्देश सुब्बा, पाँचथर÷   लिम्बू कथानक चलचित्र ‘केः’ ९च्याब्रुङ० को शनिबार काठमाण्डौंमा च्यारेटि शो गरिएको छ । नयाँवसपार्कस्थित बिजी मलमा

दीपिकाप्रति मलाई गर्व छ : रणवीर

काठमाडौं ।  बलिउड अभिनेता रणवीर सिंहलाई आफ्नो श्रीमति अभिनेत्री दीपिका पादुकोणप्रति गर्व रहेको बताएका छन् । भारतीय एक टेलिभिजनलाई अन्तर्वार्ता

ईशा अम्बानीको विवाहको न्यापकिनको मूल्य कति ?

   २०७५ पौष १ आइतबार काठमाडौं । सबै मानिसहरुको विवाहको पार्टी एकै किसिमको हुँदैन । सबैले आफ्नो क्षमताअनुसारको विवाह वा अन्य पार्टी दिने गर्छन्