मुकेश अम्बानीकी छोरी ईशाको विवाह अघिको पार्टीमा चार सय कार मगाइयो, हजारलाई निम्तो

मंसिर १९

भारतका उद्योगपती मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पिरामलको विवाह डिसेम्बर १२ मा मुम्बईमा हुनेछ । यसअघि उदयपुरमा ८ र ९ डिसेम्बरमा प्रि–वेडिङ पार्टी राखिएको छ । यसका लागि तयारी सुरु भइसकेको छ । पाहुनाको आवतजावतका लागि मंगलबार महाराष्ट्र, दिल्ली, हरियाणा, गुजरात र राजस्थानका विभिन्न शहरबाट चारसय गाडी उदयपुर पुगेका छन् । यस्तै, यो समारोहको सुरक्षाको जिम्मेवारी सलमान खानका बाउन्सर शेराको टाइगर कम्पनीलाई दिइएको छ । यसबाहेक विवाहका तस्बिर खिच्नका लागि ८० शीर्ष फोटोग्राफर पनि पुगिसकेका छन् ।

गाडीको सुरक्षाका लागि गार्ड राखिनेः

जगुआर, पोर्श, मर्सिडिज, बीएमडब्ल्यूजस्ता गाडीको पार्किङ पाँचतारे होटल ओबेरोय उदयविलास नजिकैको बगैंचामा हुनेछ । यी गाडीको सुरक्षामा ड्राइभर त हुन्छन् नै विशेष सुरक्षागार्ड पनि राखिएका छन् ।

सबै ठूला होटलमा बुकिङ भयोः

अम्बानी परिवारले शहरको सबै ठूला होटलमा बुकिङ गरिसकेको छ । अम्बानी परिवारले विवाहलाई भव्य बनाउनका लागि मुम्बई, दिल्ली र जयपुरबाट विभिन्न इभेन्ट कम्पनीलाई हायर गरेका छन् ।

इन्गेजमेन्ट इटलीमा भएको थियोः

ईशा र आनन्दको इन्गेजमेन्ट सेप्टेम्बर इटलीको लेक कोमोमा भएको थियो । त्यसमा करिब ६ सय अतिथी समावेश थिए । विवाहमा हजार पाहुना आउने अनुमान गरिएको छ ।

कार्यक्रम स्थलमा मात्र नभई टाइगर कम्पनीका बाउन्सर एयरपोर्टमासमेत तैनाथ हुनेछन् । टाइगर कम्पनीबाहेक अन्य स्थानबाट पनि तीन सय बाउन्सर बोलाइएको छ । शेरा आफैंले सुरक्षा व्यवस्थामाथि निगरानी राख्नेछन् ।

८ तारिखमा उदयपुर जानेछन् अम्बानी परिवारः

अम्बानी परिवार ८ तारिखमा उदयपुर जानेछन् । होटल उदयविलासमा संगीत कार्यक्रम हुनेछ । दुई दिनको कार्यक्रमका लागि ८० फोटोग्राफी एजेन्सी आउनेछन् ।

एजेन्सी

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै