राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

बेत्रावती, १९ मङ्सिर

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पु¥याएको हो । 

जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने वडा नं ३ का अध्यक्ष धु्रवकर केसीले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी गाँउपालिकाले प्रसूति सेवा पनि यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ । गाउँपलिकाका अन्य छवटा वडाहरुमा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था

काठमाडौंमा मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव

पुस १, २०७५ काठमाडौँ –सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् ।धनगढी नेपाल आँखा अस्पतालको