दिल्लीको ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती आश्रमबाटै बेपत्ता

news

नयाँ दिल्ली, मंसिर १९ । भारतको नयाँ दिल्लीस्थित ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती एउटा आश्रम परिसरबाटै बेपत्ता भएका छन् ।दिलशाद गार्डनस्थित संस्कार आश्रममा राखिएका उनीहरु केही दिनअघि आश्रमबाटै बेपत्ता भएको जनाइएको छ । रातको समयमा उनीहरु आश्रमबाट बेपत्ता भएका हुन् ।

दिल्ली प्रहरीले आश्रमबाटै युवतीहरु बेपत्ता भएको घटनाको छानबिन सुरु गरेको छ । अधिकारीहरुका अनुसार ८ नेपाली युवती बेपत्ता भएका हुन् । बेपत्ता हुने अर्की एकजना भने भारतकै बिहार राज्य निवासी नाबालिग रहेको बताइएको छ ।

आश्रमले भने युवतीहरु हराएको विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन । स्रोतका अनुसार उनीहरुलाई जीबी रोडस्थित रेड लाइट एरियाबाट उद्धार गरी आश्रममा राखिएको थियो । सुरुमा द्वारका आश्रममा राखिएका उनीहरुलाई गत मे महिनामा संस्कार आश्रममा ल्याइएको बताइएको छ ।

महिला एवं बाल विकास विभागअन्तर्गतको सो आश्रममा निकै कडा सुरक्षा प्रवन्ध छ । कडा सुरक्षाका बाबजुद उनीहरु कसरी बेपत्ता भए भन्नेबारे प्रहरीले गम्भीर रुपमा छानबिन अघि बढाएको जनाइएको छ ।

दिल्ली महिला आयोगले यसबारे गम्भीर चासो राखेको छ । ती युवतीहरुलाई आयोगकै पहलमा उद्धार गरिएको थियो ।करिब दुई दशक पुरानो उक्त आश्रममा महिला र पुरुषका लागि अलग अलग राख्ने व्यवस्था छ । अधिकारीहरुका अनुसार आश्रममा एक सय भन्दा बढी महिलालाई राखिएको छ । (एजेन्सी)

 

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै