स्वर सम्राट नारायणगोपालको स्मृति दिवस मनाईंदै

news

काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म १९९६ सालमा काठमाडौंको किलागलमा भएको थियो । उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौं पुरस्कार पाएका थिए ।

बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वर सम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य मन्त्रालयले अस्पतालका नाममा खाली भवनलाई २ करोड दिएको खुलासा

पुस २, २०७५ काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकम दुरुपयोग भएको छ । जनताले सस्तो र

ट्रेकिङ एजेन्सीको गलत धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको असीमित बदनाम

पुस २, २०७५ काठमाडौं– पदयात्रा र पर्वतारोहणमा जानेृ पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरु बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्  ।तर पर्यटकलाई

सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

वीरगञ्ज, २ पुस  देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ ।