फेसबुकले ल्यायो नयाँ एप्लिकेशन, १३ वर्षमुनिका बालबालिकाले च्याट गर्न पाउने


मंसिर १९ – फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ ।
फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । तर यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ । यसबाट बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ । 
यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन । अभिभावकले मात्र साथीसँग जोडिदिन र म्यासेज डिलेट गरिदिन सक्छन् । बच्चाहरुले छुट्टै एकाउन्ट पनि बनाउन सक्दैनन, त्यो अभिभावकको फेसबुक एकाउन्टमा जोडेर (कनेक्ट गरेर) चलाउनुपर्छ ।
अभिभावकले च्याट एप्लिकेशनमा फेसबुक एकाउन्टको सूचना जोडिदिएपछि च्याट एप्लिकेशन खुल्ने छ र बच्चाको प्रोफाइल जोड्नुपर्छ । यसपद्धि अभिभावकको निगरानीमा बालबालिका च्याट गर्न, भिडियो हेर्न र साथीसँग जोडिन सक्छ । यो एप्लिकेशन आइओएसमा उपलब्ध रहेको छ ।

प्रतिकृया दिनुहोस

सार्वजनिक हुनु अगावै सगुनको एप गुगल प्लेमा भेटियो

काठमाडौं, पुस २२ । एन्ड्रोइ मोबाइल प्रयोगकर्ताहरुको लागि सगुनको मोबाइल एप चाँडै नै उपलब्ध हुँदैछ । स्रोतका अनुसार उक्त एप जनवरी २०१८ को दोस्रो

बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

काठमाडौं, पुस ६  प्रविधिको गलत प्रयोगबाट बालबालिकाको भविश्यमा नकरात्मक असर पर्न थालेको भन्दै सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । सिविन

पृथ्वीमा रात हराउँदै

मंसिर १३ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै