सरकारले व्यापारमुखी रणनीति लिनुपर्छ


काठमाडौं फागुन ९

कुन देशमा नेपाली वस्तुको माग छ, त्यो पहिल्याउन जरुरी छ। यी विषयलाई प्राथमिकता दिने गरी नीति नियम र व्यवस्थाको निर्माण सरकारले बनाइदिने हो भने हामी व्यापार घाटालाई न्युन पार्नतिर लाग्न सक्छौं।


देश नयाँ संरचनामा गएसँगै निजी क्षेत्रका लागि अवसर, चुनौती र समस्याहरु एकै साथ अगाडि आएका छन्। अहिले हामीमाथि पूँजी परिचालन बढाउन दबाब छ। देशले नयाँ संविधान पाएको छ तर अहिलेसम्म निजी क्षेत्रले लगानीयोग्य वातावरण बनेको अनुभूति गर्न सकेको छैन। लागनी बढाउन त्यहीँबाट अप्ठ्यारो भएको हो।

नयाँ संविधानमा नयाँ व्यवस्थाहरु आएका छन्। हामीले त्यसको अनुभूति गर्न नपाउनु भनेको कार्यान्वयनको पक्ष कमजोर हुनु नै हो। सरकारले कस्तो रणनीति लिएर निजी क्षेत्रलाई अघि बढाउँछ त्यो केही समयपछि देख्न सकिएला। अहिलेको स्थितिमा सबैले बुझ्नुपर्ने कुरा के हो भने राजनीतिजस्तै नेपालको अर्थतन्त्र पनि लामो समय अलमलिएर भर्खर–भर्खर एउटा दिशातर्फ लाग्दै गरेको अवस्थामा छ। श्रमिक र उद्योगीबीचको सम्बन्ध पछिल्लो दश वर्षकै राम्रो अवस्थामा छ। यो विषयमा नयाँ ऐन समेत जारी भएको छ। त्यसले पनि नेपालको उद्योगधन्दामा एउटा आशलाग्दो स्थिति बनाइदिएको छ।

नेपालमा उत्पादनमुलक उद्योगमा लागनी हुन सकेन भन्ने कुरा उठिरहन्छ। त्यो केही हदसम्म जायज हो। राजनीतिक रुपमा देशले काँचुली फेरेको छ। अब हाम्रो पहल देशमा नै उत्पादन सुरु गर्नु हो। अहिले नेपाल उद्योग वाणिज्य महासंघले पनि जोडतोडले यो मुद्दालाई उठाइरहेको छ।

पछिल्लो समय नेपालमा शोधान्तर घाटा, व्यपार घाटाको कुरा उठिरहेको छ। यसलाई कम गर्न निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहन्छ। वास्तवमा भन्नुपर्दा नेपालको सबैभन्दा ठूलो समस्या व्यापार घाटा नै हो। शोधान्तर घाटामा हामी धेरै डराउनु पर्दैन। शोधान्तर घाटा कम गर्ने हो भने विदेशी लागनी नेपालमा धेरै भित्र्याउने नीति सरकारले लिुनपर्छ।

तर व्यापार घाटा कम गर्न सरकारले धेरै कुराहरुमा ध्यान दिन आवश्यक पर्छ। पहिलो नेपालमा उद्योगधन्दाको प्रवद्र्धन जरुरी छ। उद्योगले उत्पादन सुरु गर्नु मात्र समाधान होइन। हाम्रो उत्पादनको बजार कहाँ छ? कुन देशमा नेपाली वस्तुको माग छ, त्यो पहिल्याउन जरुरी छ। यी विषयलाई प्राथमिकता दिने गरी नीति नियम र व्यवस्थाको निर्माण सरकारले बनाइदिने हो भने हामी व्यापार घाटालाई न्युन पार्नतिर लाग्न सक्छौं। तर यो एकै दुईदिनमै भइहाल्ने कुरा होइन। यसका लागि योजना, नीति, कानुन सबै आवश्यक छ।

अहिले नेपालमा कृषिको उत्पादन चित्तबुझ्दो छैन। उत्पादकत्व घटेको छ। हामी भन्छौं कन्ट्रयाक्ट फार्मिङ सुरु गरौं। कन्ट्रयाक्ट फार्मिङमा किसानले पनि बढी प्रतिफल पाउँछन्। जमिनको उत्पादकत्व पनि बढ्छ। आयात गर्नु पर्ने कृषि उत्पादन निर्यात गर्ने अवस्था सिर्जना हुँदा राज्यलाई पनि ठूलो फाइदा हुन्छ। त्यसैले जमिनलाई कन्ट्रयाक्टमार्फत एकीकृत गरी आधुनिक प्रणालीबाट खेती गर्न सक्ने काुननी आधार राज्यले सुरक्षित गर्दिनु पर्छ भनेर हामीले भन्दै आएका छौं। त्यसो गर्दा अहिले जसले खेती गरिरहेको छ उसले जमिनबाट बढी प्रतिफल पनि पाउने र खेतमा बिताउँदै आएको समय अरु काममा लगाउन सक्ने हुँदा कृषिको वास्तविक विकास पनि सुरु हुन्छ। पर्यटन र उर्जा नेपालमा संभावना बोकको क्षेत्र हुन्।

मेरो आफ्नो भनाई केहो भने कुनै पनि सरकार राष्ट्रवादी हुनुपर्छ। तर अति राष्ट्रवाद भयो भने हामी सबैलाई घाटा पुर्याउँछ। अहिलेका विश्वका धेरै विषय अर्थ वाणिज्यले तय गरिरहेका छन्। विश्वका हर कोही देशहरु व्यापारका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरिरहेका छन्। त्यसकारण नेपालले पनि व्यापारिक रणनीति लिनुपर्छ।

हामीले अब जलस्रोत र प्राकृतिक सौन्दर्यको कुरा मात्रै गरेर पुग्नेवाला छैन। नेपालमा संभावना भएका अरु क्षेत्रको पहिचान गर्ने बेला भइसकेको छ। नेपाली कम्पनीहरुले आफ्नो सेवा अन्य देशमा प्रदान गरेर नाफा लिन सक्छन्। त्यसले मात्र देशको अर्थतन्त्रलाई माथि लैजान सक्छ।

हाम्रा विकासका चाहना र आवश्यकता अनगिन्ती छन्। जनताका आवश्यकतालाई सार्थक निष्कर्षमा पुर्याउन सरकारी र निजी क्षेत्रको स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्नु पर्दछ। केही रणनीतिक महत्वका योजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने गरी कार्यान्वयनमा जानुपर्छ।

अहिलेको अवस्थामा वितरणभन्दा उत्पादनमा प्राथमिक जोड दिइनु पर्छ। एक अवधिसम्म सरकारले नै योजना अगाडि बढाउन र निजी क्षेत्रलाई समेत प्रवद्र्धनात्मक र प्रोत्साहनका कार्यक्रम अगाडि सार्न जरुरी छ। पूर्वाधारमा लगानी बढाउने र शिक्षा, सीप, उद्यमशीलता र खोज तथा अनुसन्धानमा अब लगानी केन्द्रित गर्न सके हामी सबै आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सक्छौं।

प्रतिकृया दिनुहोस

प्रहरी झुक्याउन अफिमको ट्रान्जिट काठमाडौंलाई बनाउन थालेको खुलासा

लागू औषधका तस्करले प्रहरी झुक्याउन काठमाडौंलाई ट्रान्जिट बनाउन थालेको खुलेको छ।लागूऔषध नियन्त्रण ब्युरोले सोमबार बरामद गरेको अफिम भारत लैजान

नारी दिवस बिर्सिएको दिन समतामूलक समाज निर्माण हुन्छ

केकी अधिकारी पेशाले कलाकार हुन् । नायिका भए पनि उनी अधिकारका कुरा खुलेर गर्छिन् । महिलामाथि हुने दुर्व्यवहार तथा हिंसाका विषयमा स्पष्ट बोल्ने उनी

सहनजिको पराजयमा सबै भन्दा बढी म रोएको थिएंँ : राजु श्रेष्ठ

उद्योग वाणिज्य संघ, चितवनको चुनाव यही ३० गते हुदैछ । चुनाव नजिकिदै गर्दा मौसम चिसिएपनि चुनावी माओल तातेको छ । संघको अहिले हुन गईरहेको  ५१ औ साधारण सभा