चितवनमा युद्ध ,सिरिया र कविता सम्पन्न 

फागुन १६, चितवन–
साहित्यमा निकै अघि रहेको शहर चितवनमा आज सिरियामा चर्किदै गएको युद्धको विरुद्ध र त्यसको विनाशमा परेका आम नागरिकको पक्षमा अक्षर समूह चितवनको आयोजनामा ूयुद्ध,सिरिया र कविताू नामको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।


समूहको सक्रिय व्यक्तित्त्व,कवि एवम् साहित्यकार ईश्वर दकँडेलको सभापतित्त्वमा होटल ग्लोबल,चौबिसकोठी भरतपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विगत लामो समयदेखी गृहयुद्ध चर्किरहेको एशियाली मुलुक सिरियामा पछिल्लो केहि दिनमा सिरियाली सरकार र रुसको समर्थनमा भएको भयङ्कर आक्रमणमा निर्दोष बालबालिका सहित निकै ठूलो संख्यामा  नागरिकहरुको ज्यान गएको र सामाजिक सञ्जालमा भयावह रुपमा प्रस्तुत भएका काहाली लाग्दा तस्बिरहरुबाट निकै प्रभावित भएर चितवनमा सक्रिय रहेका विभिन्न अग्रज तथा अनुज साहित्यकारहरुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा चितवनका वरिष्ठ साहित्यकारहरु प्रेम विनोद नन्दन,प्रेम विनोदी,एल बी क्षेत्री,भूपिन खड्का,ईश्वर कँडेल,लकाश पौडेल,पुष्प अधिकारी अञ्जलि लगायतका थुप्रै अग्रज तथा अनुज कवि मनहरुको उल्लेख्य सहभागीता रहेको थियो । अपरान्ह चार बजेदेखी साझ छ बजे सम्म सञ्चालन भएको कविता वाचनमा करिब २५ जना कविहरुले आफ्नो एक एक उत्कृष्ट कविता वाचन गर्नुभएको थियो।  सिरियाको युद्ध र सम्पन्न शक्तिशाली विपक्षी राष्ट्रहरुको विरोधमा समर्पित प्राय सबै कविताले मानवताको पक्षमा वकालत गरेको थियो ।  


कवि भूपिन खड्काद्वारा  साहित्यकार चन्द्र गुरुङ्गको कविता वाचन गरेर सुरु गर्नुभएको वाचन शृङ्खलामा कविहरु गणेश शर्मा पौडेल,इन्द्र रेग्मी,गोविन्द विनोदी,राजेन्द्र घायल,उदास कार्की,प्रभाकर पण्डित, नवीन नूतनले आफ्नो कविताहरु वाचन गर्नु भएको थियो ।यस्तै कविहरु धनराज गिरी,रेवती रमण खनाल,उजीर मगर,लकाश पौडेल,विजय विश्वकर्मा,रञ्जना लिम्बू,सचित्रा बम,पुष्प अधिकारी अञ्जलि,माइला दाइ न्यौपाने,उदय रेग्मी, तिते पाती,प्रेम विनोद नन्दनले आ–आफ्नो शसक्त कविता प्रस्तुत गर्नु भयो । लगत्तै लेखराम सापकोटाले कवि पहल असिमको निकै मर्मस्पर्शी कविता वाचन गरेपछी सरोज पाठक,अमृता रामदान ले युद्ध सङ्ग समर्पित कविता वाचन गर्नु भएको कार्यक्रमको अन्तिमतिर कवि मुकूल दाहालको कविता बालकृष्ण थपलीयाले वाचन गर्नुभएको थियो ।

चितवनको अर्का सुप्रसिद्द कवि एल बी क्षेत्रीले अङ्ग्रेजीमा लेखिएको निकै सुन्दर कविता वाचन गर्नुभएको थियो भने  भूपिन खड्काले र ईश्वर कँडेलले अन्तिममा आ– आफ्नो कविता वाचन गरेर कार्यक्रम समापन गर्नुभयो । चितवनमा सक्रिय विभिन्न सञ्चार माध्यमहरुबाट पत्रकारहरुको उलेख्य सहभागीता रहेको उक्त कार्यक्रममा वाचित सबै कविताहरुले युद्धको खुलेरै विरोध गरेका थिए ।


यसै अवसरमा कवि भूपिन खड्काले सिरियामा चर्किरहेको गृह युद्धको सुरुवात देखि आज सम्मको अवस्था बारे जानकारी गराउनु भएको थियो ।  कार्यक्रममा सहभागी कविहरुले हरेक युद्ध प्रती कविको उदार हृदय रहनु पर्ने कुरा बताउदै  हरेक कलमले युद्धको विरुद्ध  नै लेख्नु पर्छ भन्ने राय ब्यक्त गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं बादल  उछिनेर कैयौं

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई

इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

      सबै तस्बिर स्रोत: स्ट्रिट नेपाल   कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने,