कवि विजय विश्वकर्माको शसक्त युद्ध विरोधी कविता 

जीहाद 

"परमपिता परमात्माका पावन पुत्र हुनुहुन्छ, येशु "
उसले भन्यो, 
"उद्दारकर्ता हुनुहुन्छ उहाँ 
मसिहा हुनुहुन्छ इश्वरको
ख्रीस्ट हाम्रो पापको लागि क्रुशमा मर्नुभयो 
र गाडिनुभयो 
अब उहाँको धर्मका खातिर हामी 
हाँसी-हाँसी मर्न र मार्न तयार छौं ।
आमिन !" 

यत्तिकैमा अर्को बोल्यो, 
"खबरदार, अल्लाहको तौहिन गर्नेहरु हो !
हाम्रो बर्दाश्तगीको इम्तिहान अब नलेउ !
यदि अझ पनि कोहि 
हाम्रो कौमको विरुद्धमा जान्छ भने 
उसको गुनाहलाई 
न अल्लाहले बक्सनुहुनेछ 
न हामीले मुआफ गर्नेछौं ।
आओ, अल्लाहका नाममा 
कुर्बानी दिउँ, कुर्बानी लिउँ !
जीहाद छेडौं जीहाद
अल्लाहु अकबर ।"

आज मेरो घर नजिकैको चोक
आक्रोशले भरिएको थियो 
चेतावनीले भरिएको थियो 
बन्दुकले भरिएको थियो

त्यहाँ हुने प्रलयको डरले 
म वेगसित दौडेर 
घर भित्र पसें 
र झ्याल ढोका बन्द गरें ।

यत्तिकैमा एउटाले,
" ॐ नमो भागवते वासुदेवाय नमो नम: "
भन्दै एउटा गुरुग्रन्थ साहिब दहन गर्‍यो ।

"जो बोले सो निहाल
सत श्री अकाल" 
यो आवाज मेरा कानमा ठोक्किन नपाउँदै 
मैले देखे
कोही मुर्कट्टा भइसकेको थियो ।

तरवारहरु ठोक्किन शुरु भए सँगै 
शरीरहरु ढल्ने क्रम पनि शुरु भयो ।

मैले चियाइरहेको नेपथ्य जति सानो थियो 
त्यती नै साँघुरो उनिहरुको सोच थियो 
त्यती नै संकीर्ण उनीहरुको विचार थियो 
मैले त्यो नेपथ्यबाट साँघुरिदै गएको मानवाता देखें 
जल्दै गरेको धार्मिकता देखें 
र देखें 
- धर्म जलेको आगोको धुवाँले धुमिलिएको शहर 
- बन्दुकहरुद्वारा घेरिएको एउटा कलिलो कोपिला 
- चुँडिनु अघि जिन्दगीको भिख मागिरहेका दुइटा गुलाफ 
- सेता कफनमा बेरिएका सेता कमल 
- रगत रोइरहेका ३ जोर कलिला आँखा 
- छोरीको लाशलाई अङ्गालोमा बेरेर भक्कानिइ रहेको एक जना बाबू
- हिजाबसँगै हराएको आफ्नो अस्मिता खोज्दै हिँडेका दुई जना अबला
- आकाश चिरेर बर्सिरहेको बारुदको वर्षा 

र मेरो आत्माले गरिरहेछ स्वयं इश्वरमाथि शंका
- "तिम्रो प्रोडक्टमा म्यानुफेक्चरिङ डिफेक्ट छ God
तिम्ले मान्छे भनेर बनाएको प्राणी 
मान्छेको आवरणमा मान्छे नभएर अरु नै केही हो
Please review your manufacturing procedure once." 

र मेरो आत्माले गरिरहेछ स्वयं इश्वरसँग अनुनय
- "Please God, please 
अब बच्चाहरुलाई धर्तीमा नपठाउ
नपठाउनु अब बच्चाहरूलाई धर्तीमा
यो धर्तीमा जन्मिनु नै 
तिनिहरुको गल्ती हो भने
Stop sending children on this fucking planet !
यहाँ अमेरिका र रसिया नाम गरेका अजङ्गका राक्षशहरु छन् 
यहाँ पण्डित, पादरी र पास्चरको पगरी गुथेका 
तिम्रो धर्मका ठेकेदारहरु छन् 
जसले ती बच्चाहरूलाई 
तिम्रै नाममा बलि चढाउछन्
तिनिहरुले न बच्चालाई बच्चा देख्छन् 
न बृद्धलाई बृद्ध
न महिलालाई महिला 
मान्छेलाई मान्छे पनि देख्दैनन् ती राक्षसहरुले
बन्द गर यो धर्तीमा मान्छेहरुलाई पठाउन
मान्छे हुनुको अहमले नै मान्छेलाई सिध्याइरहेछ ।"

र मेरो आत्माले गरिरहेछ स्वयं इश्वरसँग बगावत
-"चाँहिदैन मलाई यस्तो कुनै धर्म
जसले मेरो भगवानलाई ठूलो,
उसको अल्लाहलाई सानो बनाउँछ 
जसले मेरो गीतालाई महान, 
उसको बाइबललाई तुच्छ बनाउँछ 
जसले मेरो मन्दिरलाई पवित्र, 
उसको मस्जिदलाई पतित बनाउँछ 
चाहिँदैन मलाई यस्तो कुनै धर्म
जसले मलाई हिन्दु, 
अनि उनिहरुलाई मुस्लिम, सिख, इसाई बनाउँछ ।
हे, इश्वर ! 
म बस् मान्छे हुन चाहन्छु 
मान्छे भएर बाँच्न चाहन्छु ।
माफ गर इश्वर, तिम्रो अस्तित्व अस्वीकार गर्न म मजबुर छु ।
माफ गर, तिम्रो धर्मले मलाई युद्ध सिवाय 
अरु केही दिन सकेन ।"

आज मेरो घर नजिकैको चोक 
रगतले भरिएको थियो
लाशले भरिएको थियो 

त्यही चोकको एक कुनामा मैले देखें
लाचार, विवश, शर्मिन्दा भएर 
बुद्ध 
रोइरहेका थिए 
त्यो चोक आज आँसुले भरिएको थियो ।

प्रतिकृया दिनुहोस

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं बादल  उछिनेर कैयौं

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई

इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

      सबै तस्बिर स्रोत: स्ट्रिट नेपाल   कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने,