ईन्द्र रेग्मीको कृति लोकापर्ण 

भरतपुर ।

साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको शनिबार बिमोचन गरिएको छ । जनसांस्कृतिक महासंघ चितवन, साहित्य संगम चितवन र प्रगतीशिल लेखक संघ चितवनको संयुक्त आयोजनामा ईन्द्र प्रसाद रेग्मीका कृतिहरु अनुहारको म्याराथन, समयको शल्यक्रिया, बिर्सन सकिएन त तिनवटा लेख सङग्रह र संस्मरणको लोकापर्ण गरिएको हो ।
लेखक रेग्मीका कृतिको समालोचना गर्दे समालोचक डि आर पोखरेलले देश, जनताप्रति र आफ्नै पार्टीका आस्थाप्रति पार्टीहरु बिचलित बनेको समयमा देश र जनताप्रति संबेदनशिल व्यक्तिको दस्ताबेजको रुपमा समयको शल्यक्रिया कृति रहेको बताउनुभयो ।
उहाले कृतिमा व्यग्यप्रहार र हरेक बिषयबस्तुमा सहमति , असहमति दुबै प्रस्तुत गरेर सुन्दर रुपमा प्रस्तुत गर्न सफल भएको उल्लेख गर्नुभयो । समालोचक पोखरेलले यथार्थपरक समासामयीक, जनसरोकारर सरल अभिव्यक्ति दिने लेखक रेग्मीको खुबी रहेको बताउनुभयो । 
कार्यक्रममा बोल्दै साहित्यकार सरिता तिवारीले ईन्द्र रेग्मी नाम संगै एक अस्तित्व वान र प्रतिबद्ध लेखक रहेको बताउनुभयो । उहाले कृति प्रभाबशाली र पठनिय बनेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दे बिपिन पाठकले समाजमा बर्गभेद हटाएर सबैको हकहित र संरक्षण गर्नुपर्छ भनेर लाग्ने तथा हुदा खाने बर्गका लागि लेख्ने लेखक ईन्द्र प्रसाद रेग्मी रहेको बताउनुभयो ।
कृतिको लेखक रेग्मीकी नातिनी ईशा रेग्मीले हजुवुवा द्धारा लिखित कृतिहरुको बिमोचन गर्नु भएको  थियो । अहिलेसम्म लेखक रेग्मीका लेख, हाईकु, कबिता सङग्रह र संस्मरण गरि ६ वटा कृतिहरु प्रकाशित रहेका छन । २०६८ सालमा पनि रेग्मीका तीनवटा कृति एकै पटक बिमोचन गरिएको थियो । 


 

प्रतिकृया दिनुहोस

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं बादल  उछिनेर कैयौं

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई

इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

      सबै तस्बिर स्रोत: स्ट्रिट नेपाल   कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने,