पदमुक्त गोपाल पराजुलीले भने – मेरो कार्यक्षेत्र र अधिकार ‘हाइज्याक’ भयो

काठमाडौँ  

 पदमुक्त भएका भनिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले न्यायालयलाई विवादमा तान्न नचाहेको प्रष्ट पारेका छन् । रातोपाटीसँगको टेलिफोन सम्पर्कमा पराजुलीले आफू सम्मानजनक निकासको पक्षमा रहेको भन्दै आफ्नो कार्यक्षेत्र ‘हाइज्याक’ भएको प्रतिकृया दिए । 

उनले भने – ‘म सम्मानजनक निकासको पक्षमा थिए तर, सर्वोच्च प्रशासनले मेरो कार्यक्षेत्र हस्तक्षेप गरेर पेशी तोक्नबाटै रोक्यो ।’ 

न्यायपरिषदले पराजुली गत साउनबाटै उमेरहदका कारण पदमुक्त भएको पत्र हिजो सार्वजनिक भएपछि सर्वोच्चको विवाद चुलिएको हो । 

पराजुली पदमुक्त भएको पत्र सार्वजनिक भएपछि आजको पेशी वरिष्ठ न्यायाधीश दिपक जोशीले तोकेका छन् ।

जोशीले पेशी तोकेपछि पराजुली सर्वोच्च अदालत नै गएका छैनन् । 

यसैबीच, सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुलीबारे आएका समाचार र अबको निकास के हुने भन्नेमा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

प्रतिकृया दिनुहोस

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

लमही, ७ असोज  साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

असोज ७, २०७५  नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई

चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी

असोज ७, २०७५  रसुवा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन