स्वास्थ्यमा समस्या देखिएपछि, उपचारको क्रममा इरफान खान लन्डनतिर

बलिउड स्टार इरफान खान केहि समय देखि बिरामी परेका छन । लामो समय बाट बिरामी इरफानलाई लन्डनमा उपचारको व्यवस्था मिलाइ केही समय बेलायतमा उनि रहने भएका छन ।

लन्डनमा रहँदै आएका भारतीय मुलका चिकित्सकको निगरानीमा उनको उपचार हुने छ । हलिउडमा समेत स्थापित भइसकेका इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा न्युरोइन्क्रिन ट्युमर रहेको पहिचान भएको थियो ।इरफानका नजिकका एक साथीले भने, ‘इरफानलाई उनका नजिकका डाक्टरले परीक्षण गरेका छन् । साथै तत्काल रोगले उनलाई ठूलो असर नपर्ने र त्यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् । इरफान र उनकी पत्नीले भारतीय डक्टरसँग उपचारका लागि सहमति जनाएका हुन् ।’

त्यसो रोग पहिचान भएलगत्तै इरफानको अमेरिकामा उपचार गर्ने तयारी थियो । लन्डनमा उपचार राम्रो हुनेमा इरफान विस्वस्त भएपछि निर्णय फेरिएको थियो । त्यसैले अबका केही महिना इरफान लन्डनमा हुनेछन् ।

इरफान खान र दीपिका पादुकोणलाई लिएर फिल्म बनाइरहेका विशाल भारद्वाजले तत्काललाई फिल्म रोकेका छन् । इरफान र दीपिका दुवै अस्वस्थ भएकाले फिल्म रोकिएको उनले जानकारी दिएका छन् । इरफानलाई सीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले ठीक भएपछि मात्रै काम अगाडि बढाउने बताएका हुन् । दीपिका भने ‘ब्याक पेन’ले प्रभावित छिन्। फिल्म पद्मावतको सुटिङमा उनी घाइते भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

गाउँतिर फर्क ( सम्पादकीय)

सरकारका नीति तथा योजनाहरु शहरमुखी भएका कारण विकासमा गाउँ पछाडि परेका छन् । देशमा संघीयताको कार्यान्वयन भैसकेको तथा संघीय, प्रदेश तथा स्थानीय सरकार

पेटिकोट लगाएर सडकमा निस्कँदा राज्यलाई निकै ‘भल्गर’ लागेछ

 २०७५ असोज ५ शुक्रबार सावित्री सुवेदी कुनै समय थियो– राणा युग । आमा–दिदीबहिनीलाई ज्युँदै सति पठाउने प्रचलन थियो भनेर सदियौँसम्म

यसकारण घट्दै छ सरकारको लोकप्रियता

विश्लेषक संग्रौलाले निर्मला पन्त हत्या प्रकरणमा सरकारले देखाएको उदासीनतालाई ‘निर्लज्जता’को संज्ञा दिए । ‘यो निर्लज्ज घटना हो । सत्ताधारी