प्रदेश नम्बर ७ सरकारको एक महिना पूरा, ‘गफ अनुसारको काम भएन’(भिडियो)

विराज रोस्यारा कैलाली, चैत ७

प्रदेश नम्बर ७ मा सरकार गठन भएको एक महिना पूरा भएको छ । फागुन ५ गते गठन भएको प्रदेश सरकारले कानुनको अभावले आक्रामक रुपमा काम गर्न भने पाएको छैन ।

विराज रोस्यारा/ईमेज:
कैलाली, चैत ७ । प्रदेश नम्बर ७ मा सरकार गठन भएको एक महिना पूरा भएको छ । फागुन ५ गते गठन भएको प्रदेश सरकारले कानुनको अभावले आक्रामक रुपमा काम गर्न भने पाएको छैन ।

प्रदेश नम्बर ७ को सरकार गठन भएको एक महिना बितिसकेको छ । प्रदेश सरकार सञ्चालनसम्बन्धी व्यवहारिक अनुभवको अभावका कारण मन्त्री तथा कर्मचारीले युद्धस्तरमा काम भने गर्न सकेका छैनन् ।

प्रारम्भिक चरणमा मन्त्रालय र कर्मचारी व्यवस्थापनका साथै भौतिक पूर्वाधार निर्माणमा बढी ध्यान दिनु परेकाले विकास निर्माणको काम भने अगाडि बढ्न सकेको छैन ।

तै पनि प्रदेश सरकारले आफ्नो अहिलेसम्मको कामलाई सन्तोषजनक मान्दै आएको छ ।

प्रदेशमा खटाइएका कर्मचारीलाई बस्ने ठाउँको टुंगोसमेत नभएको अवस्थामा प्रदेश सरकारले सक्रियतापूर्वक दिनरात खटेर सरकारलाई गति दिने प्रयास थालेको छ ।

अहिले प्रदेश नम्बर ७ मा खटाइएका ७० प्रतिशत कर्मचारी कार्यक्षेत्रमा खटिसकेका छन् । सबै मन्त्रालयबाट कार्य सम्पादन गर्ने काम शुरु भइसकेको छ ।

तुलनात्मकरुपमा ७ नं प्रदेशको ब्यबस्थापकीय काम उत्कृष्ठ भएको भन्दै केन्द्र सरकारबाट प्रशंसा भएको मुख्य सचिव लक्ष्मीराज पौड्यालले जानकारी दिए ।

एक महिनाको अवधिमा प्रदेश नम्बर ७ ले ५ वटा कानुन बनाएको छ ।

अन्तरिम कार्यविधी २०७४, लिखत प्रमाणीकरणसम्बन्धी कानुन २०७४, मन्त्रिपरिषद् कार्यविभाजन नियमावली २०७४, मन्त्रिपरिषद्का पदाधिकारीसहित प्रदेशसभाका सदस्यहरुको पारिश्रमिकलगायत सेवा सुविधासम्बन्धी कानुन २०७४ लगायतका कानुन यो प्रदेशले बनाइसकेको छ ।

आर्थिक कार्यविधीको मस्यौदा पनि प्रदेश सरकारले तयार गरेकाले आउने प्रदेशसभा बैठकमा पेश गर्ने तयारी भएको छ । यो प्रदेशको मन्त्रिपरिषद्ले केही निर्णयहरु पनि गरेको छ ।

फागुन ६ गते बसेको पहिलो बैठकले राष्ट्रिय गौरवका ३ वटा आयोजनाको कामको अनुगमनका लागि संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

यस्तै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सुशासनमा जोड दिने निर्णय बैठकले गरेको थियो ।

फागुन १६ गते बसेको दोस्रो बैठकले मन्त्रिपरिषद्का सदस्यका लागि आचारसंहिता बनाउने निर्णय गरेको थियो । त्यसैगरी मन्त्री परिषद्भित्र मिनी क्याविनेटको रुपमा रहने गरी ३ वटा समितिसमेत गठन गरेको थियो ।

त्यसैगरी प्रदेश सरकारका बिषयगत कार्यालयले योजना बनाएर काम गर्ने, प्रदेशका मन्त्रालयका भवन अनुगमन, प्रदेश सरकारका कर्मचारीहसँगको समन्वय, फोहर ब्यबस्थापन, सवारी साधनको व्यवस्थापन र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने जस्ता निर्णय प्रदेश सरकारले गरेको छ ।

फागुन २३ गते बसेको मन्त्रिपरिषद्को तेस्रो बैठकले मन्त्रिपरिषद्का पदाधिकारी सहित प्रदेशसभाका सदस्यको पारिश्रमिकलगायत सेवा सुविधासम्बन्धी निणर्य गरेको थियो ।

सोही बैठकले प्रदेश मुख्य न्यायाधीवक्ता नियुक्तसमेत गरेको थियो । प्रदेश नम्बर ७ को प्रदेशसभाका ७ वटा बैठक बसेका छन् । यी बैठकले अन्तरिम कार्यविधीलगायतका कानुन पास गरिसकेका छन् ।

एक महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामलाई सकारात्मक मानिए पनि मन्त्रीहरु मेला, महोत्सव, सेमिनार, गोष्ठी र विद्यालयका वार्षिकोत्सव उद्घाटन जस्ता कार्यक्रममा बढी देखिन थालेको भन्दै आलोचनासमेत भएको छ ।

प्रतिकृया दिनुहोस

कागतीका बोक्रा नफ्याँक्नुस्, हुन्छ असाध्यै गुणकारी

    काठमाडौं, २१ वैशाख  गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ ।

काबुल आक्रमणकामा भारतले गर्यो निन्दा

९ चैत्र  बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ।अफगानिस्तानको राजधानी काबुलमा

स्वास्थ्यमा समस्या देखिएपछि, उपचारको क्रममा इरफान खान लन्डनतिर

बलिउड स्टार इरफान खान केहि समय देखि बिरामी परेका छन । लामो समय बाट बिरामी इरफानलाई लन्डनमा उपचारको व्यवस्था मिलाइ केही समय बेलायतमा उनि रहने