काबुल आक्रमणकामा भारतले गर्यो निन्दा

९ चैत्र 

बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ।अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक समारोहमा विस्फोटक पदार्थले आक्रमण गरी ३३ जनाको हत्या गरिएको थियो।

नयाँवर्ष मनाउन आयोजित सो समारोहमा मारिनेमा अधिकांश किशोरकिशोरी परेका बताइएको छ । उक्त बम हमलाको घटनामा परी अरु कम्तिमा पनि ५२ जना घाइते भएका छन्।

भारतीय विदेशमन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो आतंककारी हमलाको निकै कडा शब्दमा निन्दा गरिएको छ।

सो विज्ञप्तिमा भनिएको छ, नागरिकले आफ्नो संस्कार संकृति मनाउन र शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना क्रियाकलापहरु गर्न पाउने अधिकारविरुद्धको यो जघन्य अपराध हो।

यस घटनाको इस्लामिक स्टेट् समूहले जिम्मेवारी लिएको छ। अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिबान समूहले भने यस घटनामा आफ्नो संलग्नता नरहेको जनाएको थियो।

प्रतिकृया दिनुहोस

प्रदेश नम्बर ७ सरकारको एक महिना पूरा, ‘गफ अनुसारको काम भएन’(भिडियो)

विराज रोस्यारा कैलाली, चैत ७ प्रदेश नम्बर ७ मा सरकार गठन भएको एक महिना पूरा भएको छ । फागुन ५ गते गठन भएको प्रदेश सरकारले कानुनको अभावले आक्रामक रुपमा

स्वास्थ्यमा समस्या देखिएपछि, उपचारको क्रममा इरफान खान लन्डनतिर

बलिउड स्टार इरफान खान केहि समय देखि बिरामी परेका छन । लामो समय बाट बिरामी इरफानलाई लन्डनमा उपचारको व्यवस्था मिलाइ केही समय बेलायतमा उनि रहने

रातारात भाईरल भएकी प्रियालाई मोबाइल बोक्न किन गरियो त प्रतिबन्ध?

सामाजिक सञ्जालमा चर्चित भएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई मोबाइल बोक्न रोक लगाएका छन् ।एक सञ्चार माध्यमले हालै लिएको एक अन्तर्वार्तामा