डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर

एउटा तेजिलो सूर्य थियो
तपाईं हाम्रै छेउमा
हिजो त्यही क्षितिजबाट उदाएको थियो
छिचोलेर कैयौं बादल 
उछिनेर कैयौं चुनौती
आज त्यही सूर्य
सदाको लागि अस्ताएको
तेह्र दिन भैसकेछ।

मलाई अझै भरोसा थियो
मृत्युु शय्यामा छट्पटाइरहेका बिरामिहरुको
फोक्सोमा सास भर्न व्यस्त हुनुहुन्छ
अनिदा रातसँगै
बिथोलेर कैयाैं निद्रा
सुन्दर मानव जीवनमा पलाएका
कैयाैं एेंजेरु फाँड्नकै लागि
यो समय हजुर केही दिन
हराउनुभएको हो
यो शहर बाट?

त्यसैले यी कलिला औंलाहरुले
अझै छोडेनन् हजुरको नम्बर डायल गर्न
किनकी मलाइ फेरि सुन्नु थियो
उही आवाज उही वाक्य
‘तिमी बिरामी देशको डाक्टर हौ
आवाज बिहिनहरुको आवाज
बेसाहाराहरुको साहारा
अनि निष्ठाको रश्मी बनिरहनु सधैँ
त्यही भित्र हुनेछ तिम्रो सुन्दर जीवन
र सुन्दर भविष्य’

आँखाहरु अझै मान्न तयार छैनन्
विवशताको बगरमा म निदाइरहँदा
अझै जिस्क्याउछन्
बिच बाटोमा बेवारिसे
ती कलिला सपनाहरुले
कहिल्यै विश्राम नलिने
ति पाइलाहरुको क्षेत्रफल
म कसरी नापाैँ?
आफ्नै बलेसीमा चुहिएको
अँध्यारोको प्रवाह नगरी
अरुको मैनबत्ती बन्दा–बन्दै
सकिएको जीवनलाई
म कसरी सम्बोधन गरुँ?
कहिलेकाँही ओठहरु बोल्नै सक्दैनन्
बस् शब्दहरु बगिरहन्छन् आँखाबाट
निरन्तर बगिरहन्छन् यसरि नै।

अझै सम्झन्छु त्यो दिन
डाक्टर बन्न आएको पहिलो दिन
प्रयोगशालामा मृत शरीर देखेर
म ढलेको खबर सुनिरहँदा
हजुरले पढाएको जीवन र
जीवनरुपी पाठहरु।
‘तिमी डाक्टर हौ
एउटा मृत्युबाट सिकेर
कैयाैं जीवनहरुलाई मृत्युबाट बचाउने
यहि हो तिम्रो धर्म
जिम्मेवारी अनि कर्तव्यनिष्ठा’

तर आज विडम्बना
के सिकौँ म हजुरको मृत्युबाट
मेरो जीवनको एउटा अनन्त उर्जा र 
साहस टाढिएको छ मबाट
सधैंको लागि
एउटा अभिभावक गुमाउनुको पीडा
अझै गाडिएको छ मभित्र
यहि दुःखद घडीहरुमा अझ चर्किन्छन् घाउहरु
त्यतिबेला जब भेटिन्छन्
हजुरका सासले बाँचेका कैयौं बिरामिहरु
र कारुणिक चीत्कार गुन्जिन्छन्
असह्य शब्दहरु प्रश्न बनेर खडा हुन्छन्
मेरो अगाडि
‘डाक्टर साब के स्वर्गमा
डाक्टर हुँदैनन् र?
कि त्यो बिरामी ईश्वरको उपचार गर्न
धर्तीबाटै छानीछानी लानुपरोस्’

म लाचार हुन्छु नाजवाफ हुन्छु
र भाग्ने गर्छु त्यो ठाउँबाट
टिलपिल–टिलपिल आँखा बोकेर
अनि
आफुभन्दा गह्रौँ ढुङ्गाले थिचिएको
क्षतविक्षत मुटु बोकेर !

(फाेटाेमा रहेकाे डा थापाको पाेट्रेट चित्रकार प्रकाश थापा 'प्रथा'ले तयार गरेका हुन्)

प्रतिकृया दिनुहोस

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई

इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

      सबै तस्बिर स्रोत: स्ट्रिट नेपाल   कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने,

ईन्द्र रेग्मीको कृति लोकापर्ण 

भरतपुर । साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको शनिबार बिमोचन गरिएको छ । जनसांस्कृतिक महासंघ चितवन, साहित्य संगम चितवन र प्रगतीशिल