सामाजिक सञ्जालमार्फत विद्यार्थीले गणितको प्रश्नपत्र ‘आउट’ गरे

धनुषा, चैत १२

एसईईको  परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।

विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर्दै परीक्षा हलबाट प्रश्नपत्र आउट गरेका हुन् । प्रश्नपत्र आउट भएपछि बाहिरबाटै परीक्षार्थीका आफन्तहरुले चिट तयार गरेर भित्र पठाउन थालेका छन् ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षा केन्द्रमा पुगेका सञ्चारकर्मी जितेन्द्र रामले भाइवरबाट आएको प्रश्नपत्र र चिट फेला समेत पार्नुभएको छ ।

धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले भने परीक्षा हलबाट प्रश्न पत्र आउट नभएको दाबी गर्नुभयो । तर कुनै परीक्षार्थीले प्रश्नपत्र मोबाइलमार्फत आउट गरेको हो भने त्यसको विषयमा आफूहरुले अनुसन्धान गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं १ साउन । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर

नर्सिङ शिक्षामा शुल्क बृद्धी, संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र

असार २५, २०७५  निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने

प्राविधिक शिक्षाको आकर्षण बढ्दो

चितवन, २४ असार छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै