राष्ट्रिय क्रिकेट प्रतियागिता आगामी वैशाख १३ देखि  

मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष ठाकुर गैरेले जानकरी दिनुभयो । 

प्रतियोगितामा सात प्रदेशका सात टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेता टोलीले क्रिकेट किट्ससहित रु पाँच लाख बराबरको पुरस्कार तथा उपविजेताले दुई लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ । 

यसैगरी, यसै वर्षभरी क्रिकेट खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये एक पुरुष, एक महिला खेलाडी र एक प्रशिक्षकलाई नगदसहित मनमोहन राष्ट्रिय क्रिकेट सम्मान २०७४ बाट सम्मान गरिने सेन्टरका अध्यक्ष गैरेले जानकारी दिनुभयो ।   (रासस)

प्रतिकृया दिनुहोस

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ, १ पुस  विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस  नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न

बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका प्ले अफ् खेलहरुमा जित हात