एन्फालाई छिटो चुनावको मिति तोक्न एएफसीको निर्देशन

 

काठमाडौं, वैशाख १ –

एसियन फुटबल महासंघले अखिल नेपाल फुटबलको चुनाव मिति जतिसक्दो चाँडो तोक्न निर्देशन दिएको छ ।

एएफसीले एन्फालाई बुधबार इमेल पठाउँदै भक्तपुर र मकवानपुरको चुनाव सफल रुपमा सम्पन्न भइसकेको अवस्थामा केन्द्रिय चुनावको मिति तोक्न किन ढिलाई गरेको भन्दै प्रश्न गरेको छ ।

साथै उसले जति सक्दो चाँडो चुनावको मिति तोक्न पनि निर्देशन दिएको छ । त्यसका लागि एएफसीले बाहिरी हस्तक्षप हुन नपाउने र सबै जिम्मेवारी चुनाव कमिटीकोे हुने पनि स्पष्ट पारेको छ ।

यसअघि चैत १४ गतेका लागि तोकिएको चुनाव विरुद्ध पाटन उच्च अदालतमा रिट परेपछि स्थगित भएको थियो । यता एन्फाले चुनावका विषयमा एएफसीलाई जानकारी नगराए पनि एएफसी आफैले नेपालको चुनावको बारेमा विशेष चासो दिएको छ ।

यसअघि पनि एएफसीले तोकेकै समयमा चुनाव हुने बताए पनि अन्तिम समयमा रद्द भएको थियो । भक्तपुर र मकवानपुरको जिल्ला फुटबल संघको चुनाव नभएको र एन्फा चुनावमा आफ्नो अधिकार हनन भएको भन्दै अदालतमा मुद्धा तयार गरेका थिए । जसमा पाटन उच्च अदालतले सबै पक्षलाई नसमेटेसम्म चुनाव स्थगित गर्न आदेश दिएको थियो ।

तर, दुवै जिल्लामा चुनाव भइसक्दा पनि पाटन अदालतको मुद्धा फिर्ता भएको छैन भने एन्फाले अर्को मिति तोक्न कुनै सुरसार गरेको छैन । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ पारिवारिक प्रयोजनका लागि अहिले अष्ट्रेलियामा छन् भने वरिष्ठ उपाध्यक्ष मणि कुँवर पनि साफको बैठकपछि बिहीबार मात्र नेपाल फर्किएका हुन् । एन्फा प्रवक्ता सञ्जीव मिश्रले शनिबार साँझसम्ममा अध्यक्ष श्रेष्ठ काठमाडौं आउने र आइतबार सबै पक्षसँग छलफल गरी चुनावको मिति घोषणा हुन सक्ने जानकारी दिएका छन् ।

एन्फाका शिर्ष पदाधिकारी बिहीबारसम्म नेपाल बाहिर रहेका थिए । उनीहरु आइसकेपछि पनि वकिलसँग सल्लाह गर्ने बताइए पनि त्यसो हुन सकेको छैन । यता परिवर्तन धारका पदाधिकारीले संस्थापन पक्षले जानीजानी चुनावको मिति पर धकेलिरहेको आरोप लगाउँदै आएका छन भने संस्थापन पक्षले चुनावका लागि कुनै चासो नदेखाएको जस्तो देखिएको छ ।

अब एएफसीले नै प्रत्यक्ष रुपमा पत्रमार्फत चुनावको मिति तोक्न निर्देशन दिइसकेको अवस्थामा विभिन्न बाहानामा आनाकानी गर्नु नेपाली फुटबलका लागि सकारात्मक बाटो हुने छैन ।

प्रतिकृया दिनुहोस

माई भ्याली गोल्डकप : अाज संकटा क्लबले भारतको सिक्किम युनाइटेडसँग खेल्ने

   बैशाख ८, २०७५ इलाम ;  चौथो अन्तर्राष्ट्रिय आमन्त्रित माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो प्री–क्वार्टरफाइनल खेलमा शनिवार

आइपिएल : राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकत्ता शीर्ष स्थानमा

      कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ७

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

काठमाडौँ, ५ वैशाख     रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन्