धेरै दिनपछि प्रचण्ड र ओली पार्टी एकताको बिसयमा छलफल गर्न एउटै टेबुलमा

 

 

पार्टी एकताको बिषयमा छलफल गर्न  नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता हुने भएको छ । आइतबार पहिला दुई अध्यक्षबीच ‘वान टू वान’ वार्ता सकिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

प्रचण्ड र ओली लामो समयपछि ‘वान टु वान’ बैठक बस्न लागेका हुन् । बाहिरि कार्यक्रममा व्यस्त भएकाले बैठक बस्न नसकेको बताइएको छ । स्रोतका अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने बताइएपनि त्यो टरेको छ । माओवादीका एक नेताले दिएको जानकारीअनुसार पार्टी एकता पर धकेलिएको छ ।

माओवादीले सम्मानजनक एकता हुनुपर्छ भन्ने अडान राखेको छ । त्यस्तै माओवादीले जनयुद्ध शब्द राख्न पनि दबाब दिएको छ । तर एमाले मानिरहेको छैन् ।

प्रतिकृया दिनुहोस

अर्थमन्त्री खतिवडा भन्छन् : धर्म परिवर्तन गराउने कार्यलाई सरकारलाई टुलुटुलु हेरेर बस्दैन

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा गर्ने कामका नाममा धर्म परिवर्तन गर्नु असैह्य भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

पोखरा, ७ वैशाख     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने

राजपाको चियापान

    काठमाडौँ, ७ वैशाख  राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आज यहाँ शुभकामना तथा चियापान कार्यक्रमको