चीनद्वारा दुईदेशीय रेलमार्ग निर्माणको सहकार्य प्रस्तावले मूर्त रूप पाउन नसकेको

 

 


उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कँदै छन् ।

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि अन्तिम रूप पाउन सकेको छैन । आजको कान्तिपुरमा समाचार छ । सम्झौतासँगै चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ ९बीआरआई० कार्यान्वयनमा चिनियाँ पक्षले चासो देखाए पनि यसले पनि अझै अन्तिम रूप पाएको छैन ।

चीनसँग भएका रेलमार्ग, आर्थिक सहकार्यलगायत सहमति र सम्झौता कार्यान्वयन तहमै पुग्न नसकेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले अर्थपूर्ण छलफल गर्ने अपेक्षा परराष्ट्र अधिकारीले गरेका छन्

अधिकारीहरूका अनुसार उत्पादन क्षमता वृद्धि र चिनियाँ लगानी भित्र्याउने विषयको प्रोटोकल भने अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र व्यापार क्षेत्रमा चिनियाँ पक्षले आफ्नातर्फबाट काम सकेर नेपालसमक्ष धारणा राखिसकेको छ । त्यसमा नेपालले अध्ययन गरिरहेको बताइए पनि टुंगो लाग्न सकेको छैन ।

चीनसँग पारवहन सम्झौता भएको एक वर्षपछि नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ ९बीआरआई० कार्यान्वयनमा हस्ताक्षर गर्‍यो तर त्यसमार्फत लगानी भित्र्याउन खासै पहल गरेको छैन । २०७४ असार पहिलो साता नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको ११ औं बैठकमा पनि यसअघि भएका सम्झौता र प्रधानमन्त्री स्तरका भ्रमणमा भएका सहमतिबारे छलफल भए तर कार्यान्वयनमा कुनै प्रगति हुन सकेन । दुईपक्षीय तथा बहुपक्षीय विषयमा पुनरावलोकन गर्न बनेको उक्त संयन्त्रको बैठक ४ वर्षपछि बसेको थियो । माघमा अर्को बैठक बेइजिङमा बस्ने भनिए पनि बसेन ।

प्रतिकृया दिनुहोस

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

लिस्बन, ४ असोज युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा

सरकारले संघीयता कमजोर बनायो : कांग्रेस

असोज ४, २०७५ काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा बुधबार

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !

काठमाडौं ४ असोज  केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै