ओली र प्रचण्डबिचको ‘वान टू वान’ बैठक सकियो, भयो यस्तो सहमति

 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘वान टू वान’ वार्ता सकिएको छ। पार्टी एकताका बारेमा असमझदारी बढेपछि आज दुई नेताबिच २ घण्टा लामो छलफल भएको हो।

सोमबार प्रचण्ड सिकुटेबाट सिधै प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए। त्यहाँ ओली र प्रचण्डका बीच दुई घण्टा लामो एक्ला एक्लै वार्ता भएको थियो। ओली र प्रचण्डको वार्ता भर्खरै टुंगिएको छ। दुई नेताबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लगाएको छ।

मंगलबार बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको हो। पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई एकताका क्रममा आधा हिस्सा दावी गर्न पार्टी भित्रैबाट दबाब बढेको छ। साथै जनयुद्ध, माओवाद र जबजको व्यवस्थापनका विषयमा पनि दुई पार्टीबीच सहमति जुटेको छैन।

एकतापछिको पार्टीको नाम, झण्डा तथा चुनाव चिह्न लगायतका विषयमा समेत सहमति कायम हुन सकेको छैन।

प्रतिकृया दिनुहोस

अर्थमन्त्री खतिवडा भन्छन् : धर्म परिवर्तन गराउने कार्यलाई सरकारलाई टुलुटुलु हेरेर बस्दैन

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा गर्ने कामका नाममा धर्म परिवर्तन गर्नु असैह्य भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

पोखरा, ७ वैशाख     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने

राजपाको चियापान

    काठमाडौँ, ७ वैशाख  राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आज यहाँ शुभकामना तथा चियापान कार्यक्रमको