‘रानी महल’बाट फिल्मी क्षेत्रमा प्रवेश गर्दै पूर्व मिस नेपाल निकिता

पूर्व मिस नेपाल निकिता चाण्डक फिल्मी दुनियाँमा प्रवेश गर्ने भएकी छन्। हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेकाे चलचित्र ‘रानी महल’बाट चाण्डक फिल्मी क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्।

 

 

अर्जुनजंग शाहीको नायिकाको रुपमा निकिता यो चलचित्रमा देखिँदैछिन्। अन्य कलाकारहरुको छनौट भइरहेको निर्माण पक्षले जनाएको छ। २०१७ मा मिस नेपाल बनेकी चाण्डक केही दिनअघि मात्रै पूर्व मिस नेपाल बनेकी हुन्। मिस नेपाल’को आयोजक संस्था हिड्न ट्रेजरसँग केही पहिलेदेखि कुरा गरेको र चाण्डक पूर्व मिस नेपाल बनेपछि आइतबार लिखित सहमति भएको निर्देश न्यौपानेले जानकारी दिए। 

रानी महलका लागि यसअघि छनोट भएकी वर्षा सिवाकोटीले निर्माणमा ढिलाई भएको काराण चलचित्र जुघेको भन्दै नखेल्ने घोषणा गरेपछि निर्माणपक्ष नायिकाको खोजिमा थियो। 
केहीदिन पछि छायाँकन आरम्भ गरिने चलचित्रका लागि निकिताले ‘वर्कसप’ गर्न थालिसकेको निर्माण पक्षले जानकारी दिएको छ।
उनी इन्स्टाग्राम लेख्छिन् 'अप्रिल १५, २०१८ को दिन मेरा लागि विशेष दिन हो ,किनकी मैले जीवनमा पहिलोचोटी फिल्म साइन गरेँ।मेरो सपना जुन मैले वर्षौदेखि पालेको थिएँ अन्ततः अब पूरा हुने भएको छ।

 

प्रतिकृया दिनुहोस

सार्वजनिक गरे हेमन्त शर्माले "पातली. "

श्रावण २ चितवन ड्रिम्स् यात्री छिदाल ।  निकै लोकप्रिय गायक हेमन्त शर्मा "पातली.. " बोलको गीत आफ्ना स्रोता तथा दर्शकमाझ लिएर आएका छन् । बुधबार उनले

प्रमोदराजको गीतमा युकेभित्रका सुन्दर दृश्य, दमदार अभिनय(भिडियो)

  मंगलबार, १ साउन, २०७५ काठमाडौं । दुई बर्ष अघि बजारमा आएको गायक प्रमोदराज न्यौपानेको गीत ‘भेट भयो तिमीसँग’ बोलको गीतको भिडियो तयार भएको छ ।दुई

आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले टीकाटालो (इन्गेजमेन्ट) गरेका छन् । आफूहरूले इन्गेजमेन्ट गरेको फोटो आइतबार सामाजिक