अधिनायकवाद शुरु भइसक्यो :सभापति देउवा

 


भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् ।

उनले भने “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।”
अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए ।
प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । रासस

प्रतिकृया दिनुहोस

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

लिस्बन, ४ असोज युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा

सरकारले संघीयता कमजोर बनायो : कांग्रेस

असोज ४, २०७५ काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा बुधबार

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !

काठमाडौं ४ असोज  केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै