आखिर किन महिलाको तुलनामा कम बाँच्छन् पुरुष ? यस्ता छन् कारण

 

 

महिला र पुरुषको जीवनशैलीमा निकै अन्तर हुन्छ । महिला आफ्नो स्वास्थ्यका लागि जति गम्भीर हुन्छन् पुरुष त्यति हुँदैनन् । यस कारण पुरुष महिलाको तुलनामा कम बाँच्छन् । साथै हर्मोनमा हुने परिवर्तनको पनि यसमा निकै ठूलो असर हुन्छ । नेचर जेनेटिक्स जर्नलमा प्रकाशित एक अनुसन्धानमा पनि पुरुष महिलाको तुलनामा कम बाँच्ने कुरालाई पुष्टि गरेको छ ।

डा. आर के सिंघलले पुरुष महिलाको तुलनामा कम बाँच्ने पाँच कारण बताएका छन् ।

१. जोखिमः

महिलाको तुलनामा पुरुष हरेक काममा बढि जोखिम लिन्छन् । यसले तनाव बढाउने गर्छ जसले पुरुषको उमेरलाई कम गरिरहेको हुन्छ ।

२. मुटु रोगः

धेरैजसो पुरुष धुम्रपान, रक्सीलगायतका नशालु पदार्थका आदी हुन्छन् । यसले कोलेस्ट्रोलको स्तर बढाएर मुटुरोग निम्त्याउने गर्दछ ।

३. डिप्रेशनः

महिलाको तुलनामा पुरुषलाई डिप्रेशनले गाँजेको हुन्छ । यस्तोमा पुरुष आत्महत्याजस्ता कदम उठाउने गर्दछन् ।

४. उपचारका लागि ढिलो जानुः

धेरैजसो पुरुषको बिरामी हुँदा पनि उपचारका लागि जाँदैनन् । जसका कारण उनीहरुलाई कुनै गम्भीर रोगले छुने हुँदा उनीहरुको उमेर घट्दै जान्छ ।

५. क्रोमोजम कम हुनुः

नेचर जेनेटिक्स जर्नmमा प्रकाशित एक अनुसन्धान अनुसार उमेर बढेसँगै पुरुषमा Y क्रोमोजोम कम हुन थाल्छ यसले मधुमेह र क्यान्सरजस्ता रोगको खतरा बढ्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

छाला रोगबाट कसरी बच्‍ने ? यी हुन् रोकथामका उपाय

काठमाडौँ -छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा

भगवान शिवको प्रिय महिना, किन भनिन्छ श्रावण लाई उत्कृष्ट महिना ?

  असार ३२, २०७५ श्रावण (साउन) महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ । यी ५ ओटा तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो

साउन महिनामा यसकारण लगाउछन् महिलाले हरियो चुरा र कपडा

साउन १, २०७५ आजबाट साउन महिना शुरु भएको छ । साउन महिना शुरु भएसँगै चुरा पसल र मेहेन्दी भर्ने ठाउँहरुमा महिलाहरुको भीड लागेको छ । साउन महिना शुरु