पथरीशनिश्चरे नगरका खेलमैदान व्यवस्थित गरिने

 

पथरीशनिश्चरे, ३ वैशाख
मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका खेल मैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गरिने भएको छ ।

नगरपालिकाको नगर खेलकुद विकास समितिको वैठकले नगरका १० वटा वडाभित्रका खेलमैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गर्न योजना वनाउने निर्णय भएको समिति संयोजक मणि लिम्बूले वताउनु भएको छ । अन्य ठाउँ र अन्य देशको रंगशालाको समेत अवलोकन गरी नगरमा एउटा वहुउद्धेश्यीय रंगशाला निर्माणको प्रस्ताव अघि बढाउने योजना रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

यसैगरी, वैठकले उपाध्यक्ष सन्तोष कटुवालको संयोजकत्वमा ५ सदस्यीय खेलकुद कार्यविधि मस्यौदा समिति निर्माण गरेको छ । समिति सदस्यमा, मोहन गौतम, नविन कार्की, राधिका चाम्लिङ र अभिषेक भट्टराई रहनु भएको छ । जसको सल्लाहकारमा नगर सूचना संयोजक भूपेन्द्र तिम्सिना र कानूनी सल्लाहकार दीपक राई रहनु भएको छ ।

वैठकले, नगरमा खेलकुदको व्यवस्थापनका लागि छुट्टै समिति निर्माण गरेर खेलकुदको मर्म र महत्वलाई आत्मसाथ गरेको भन्दै नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक

मङ्गलबार, ०१ साउन चितवन । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा

काठमाडौँ ल्याइँदै राँगा भैँसी

  पृथ्वी राजमार्गमा तराईबाट काठमाडौँ ल्याइँदै गरेका राँगा भैँसी । तस्बिर  प्रदीपराज वन्त,

बिक्री गर्न सुकाएका झिलङ्गा

  तनहुँको बिमल नगरमा बिक्रीका लागि सुकाएका झिलङ्गा । तस्बिर  प्रदीपराज वन्त,