नौ महिनामा सवारी दुर्घटनामा ९७ को मृत्यु

 

चितवन, ३ वैशाख

चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । 

गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । 

यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १०० सवारी साधन कारवाही गरेको छ । 

मादकपदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने मात्रै ५९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले दुई करोड २४ लाख ५१ हजार राजश्व संकलन गरेको छ । 

गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार २५० सवारी र मादकपदार्थ सेवन गरी सवारी चलाउने मात्रै एक हजार १८६ जनालाई कारवाही गर्दै दुई करोड ४५ लाख ६८ हजार ५०० राजश्व संकलन गरेको थियो । 

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई पनि निरन्तर अघि बढाइ रहेको छ । 

चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाको समन्वयमा ३१ भन्दा बढी कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रमुख पन्तले बताए। रासस

प्रतिकृया दिनुहोस

फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति उज्यालो ।

  दैलेख, वैशाख ८ सदरमुकाम नारायण नगरपालिकामा रहेको फेन्सी पलसमा आगलागी भएको छ । फेन्सी पसलमा आगलागी हुँदा झण्डै ५० लाख बराबरको क्षति भएको

जाने हैन राजारानी ? (भिडियो)

  धनकुटा, बैशाख ८ धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने राजारानी क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । राजारानीमा तालसहित नागवेली पार्क, काली

सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, ८ वैशाख     म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरी विद्यालय भवन पुनःनिर्माण गरिएको छ