जाने हैन राजारानी ? (भिडियो)

 


धनकुटा, बैशाख ८

धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने राजारानी क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ ।

राजारानीमा तालसहित नागवेली पार्क, काली झरना निर्माणसँगै पर्यटकीय गन्तब्य बन्दै गएको हो ।

एक दशक अघिसम्म ताल मात्र हेर्न पाइने धनकुटाको राजारानीमा अहिले भने ताल सहित नागवेली पार्क, काली झरना, गुप्तेश्वर गुफा थप आकर्षण बनेका छन् ।

पार्कभित्रको ढुंगामा कुँदेर करिव ३५ फिट लम्वाइको जोडी नागको मुर्ति बनाइएको छ । मुुर्तिकार श्याम गौतमले करिव एक वर्ष लगाएर पार्कभित्रको ढुगां खोपेर जोडी नागको आकृति बनाएका हुन् ।

ढुंगामै जोडी नागको लोभलाग्दो आकृति बनाएपछि राजारानीले थप पर्यटक तान्न सफल भएको छ । नागवेली पार्क करिव १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र सुन्दर फुलवँगैचा पनि छन् ।

पार्कका कुना काप्चा तथा भिरालो ठाउँमा चर्चित व्यक्तित्व तथा देवी देवताको मुर्ति सजावट छन् ।

स्थानीय ढुङ्गाहरुलाई कुदेर बिभिन्न आकृति निर्माण गरेको मुर्तिकार श्याम गौतम बताउँछन् ।

पार्क सहित झरना, गुप्तेश्वर गुफा, अजङ्गको काब्रोको रुख, ततिला झर्ना, घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।

पहिले पहिले तालमात्र घुम्न पाइने राजारानीमा अहिले प्रसस्त घुम्ने ठाँउ हुँदा त्यहा पुग्ने पर्यटक समेत निक्कै उत्साहित देखिन्छन् ।

ताल बाहेक पार्क झरनालगायत स्थानको पुर्बाधार निर्माणको लागि हालसम्म यहाँ पुर्बाधार निर्माणको लागि करिब ३२ लाख रुपैयाँ खर्च भइसकेको छ ।

राजारानी सहित सो आसपासको क्षेत्र पर्यटनको लागि उपयुक्त भएकाले अब गाँउपालिकाको प्राथमिकता पनि पर्यटकिय स्थलको बिकास नै रहेको चौबिसे गाँउपालिकाको उपप्रमुख यज्ञ कुमारी रुचाल बताउँछन् ।

राजारानीमा केही वर्ष पहिलेसम्म मुस्किलले दैनिक तीन दर्जनको हाराहारीमा पर्यटक आउने गरेकोमा अहिले पार्क सहित बिभिन्न पर्यटकिय स्थल निर्माण भए पछि दैनिक एक सय भन्दा बढी आउने गरेका छन् ।

राजारानी यतिबेला भने ढुंगामा विशाल दरबार र स्थानीय खदम खोलाको किनारै किनार मोरङ्ग जोड्ने गरी पुर्बाञ्चलकै लामो पदमार्ग निर्माणमा लागेको छ ।ईमेज

 

प्रतिकृया दिनुहोस

काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

   असोज ४, २०७५  गोरखा  गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई

आजका कार्टुन

असोज ४, २०७५  आज प्रकाशित  कान्तिपुर र अन्नपूर्ण पोस्टमा छापिएको  अविन श्रेष्ठ र बासु

पर्यटक तान्दै भकुण्डेको घरबास

बागलुङ, ४ असोज गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ । सो घरबास