माई भ्याली गोल्डकप : अाज संकटा क्लबले भारतको सिक्किम युनाइटेडसँग खेल्ने

 

 बैशाख ८, २०७५ इलाम ;

 चौथो अन्तर्राष्ट्रिय आमन्त्रित माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो प्री–क्वार्टरफाइनल खेलमा शनिवार सीएमजी संकटा क्लबले पाहुना टोली भारतको सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। इलामको ठूलो टुँडिखेलमा अपराह्न ३ बजे सुरु हुने खेलमा यी दुई टोली पहिलो पटक माई भ्याली गोल्डकपमा भिड्न लागेका हुन्। गत संस्करणमा संकटा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग १–० ले पराजित बन्दै पहिलो चरणबाटै बाहिरिएको थियो भने सिक्किम युनाइटेड पहिलो पटक माई भ्याली गोल्डकपमा प्रतिस्पर्धा गर्न लागेको हो।  सिक्किम पछिल्लो पटक गत फागुनमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकपमा घरेलु टोली झापा–११ सँग २–१ गोल अन्तरले पराजित भएको थियो। शुक्रबार सम्पन्न दोस्रो प्री–क्वार्टरफाइनल खेलमा पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ गोल अन्तरले हराउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्वार्टरफाइनल प्रवेश गरेको छ। अब एपीएफले सेमीफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन झापा–११ को सामना गर्नेछ।
 

प्रतिकृया दिनुहोस

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ, १ पुस  विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस  नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न

बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका प्ले अफ् खेलहरुमा जित हात