स्वर सँगै मुस्कानका धनी प्रताप दास लोकप्रिय बन्दै 

चितवन-  यात्री छिदाल (Sasmita)

मुस्कानका राजा भनेर चिनिनुहुन्छ। सबैको मन छुने स्वर भर्नु हुन्छ । Style मा छैन खोट , कुनै नायक भन्दा कम पनि होइन् ।

को होलान् त यति धेरै तारिफको लायक व्यक्ति  ?? उहाँको राज नै यस्तै छ । उँहा त्यहि खास व्यक्ति हुनुहुन्छ् जसले सबैको मन जितेर मन मष्तिष्कमा बसिसक्नु भएको छ । 

मेरो, तपाईको, हाम्रो, अनि सिंगो नेपाल र नेपालीको सान् प्रताप दास । “Smile King“ मुस्कानका राजा रुप र स्वर दुवैका धनी गायक प्रताप दासले धेरै गीतहरुमा आफ्ना स्वर भरी सक्नु भएको छ । 

प्रताप दासले नेपाली चलचित्रको प्रेम गीत-२ को “मोटसाईकलमा“, लिलिबिलि को “Is It Love“ , अनुरागको “तिम्रो स्वरमा“ र पछिल्लो समय बजारमा आएको “हावाको चिसो झोकाले“ गीतलाई निकै रुचाँइएको छ ।

त्यसबाहेक अन्य धेरै आधुनिक गीतहरुमा पनि प्रतापले आफ्नोे स्वर भर्नु भएको छ ।

त्यस मध्ये धेरै पहिले उँहाले स्वर भर्नु भएको प्रेमको बिन्ती यो बोलको गीतलाई पनि अत्याधिक रुचाँइएको छ । जसमा संिगंत सरोज पोख्रेलले भर्नु भएको छ भने शब्द रमेश बराईलीको रहेको छ ।

प्रतापका सबै गीतहरुलाई श्रोताहरुले अत्याधिक रुचाँएका छन् । हुन त, प्रपातको स्वरमा नै एक प्रकारको जादु शक्ति छ जसलाई सबैले निर्धक्कका साथ राम्रो, मिठो अनि मन छुने छ भनी सजिलै अनुमान लगाउन सकिन्छ ।

आगामी दिनहरुमा अझै धेरै प्रतापको स्वरमा सजिएका गीतहरु सुन्न पाउनेमा उहाँका श्रोता र दर्शकहरु उत्साहित छन् ।

प्रतिकृया दिनुहोस

आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले टीकाटालो (इन्गेजमेन्ट) गरेका छन् । आफूहरूले इन्गेजमेन्ट गरेको फोटो आइतबार सामाजिक

'बाबु कान्छा' युनिट चितवनमा 

असार २१, ड्रिम्स -  असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । गीत संगीत र ट्रेलरबाट नै

इमरान खानकी पत्नीले नक्कली दाह्रीसहित फोटो राखेपछि बबाल 

काठमाडौं, १८ असार – पाकिस्तानका पूर्वक्रिकेटर तथा राजनीतिकर्मी रेहम खानले ट्विटरमा नक्कली दाह्रीसहितको तस्वीर राखेपछि उनी ट्रोल भएकी छन्