आइपिएल डेब्युमा सन्दिपको कमाल, यसकारण उत्कृष्ट बलर साबित

 

 

वैशाख ३०, काठमाण्डौ

नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।

पहिलो खेलमा नै सन्दिपले किफायति बलिङ गर्दै एक विकेट लिन सफल भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।

बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बलिङ गर्न लगाएका थिए ।

पहिलो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

उनले कूल ४ ओभरमा २५ रन दिए । दिल्लीका तर्फबाट पाँच जनाले बलिङ गरेकोमा सबैभन्दा कम रन सन्दिपको बलबाट निस्केको थियो ।

सन्दिपको बलमा बैँङ्लोरका कप्तान विराट कोहोलीले बाउन्ड्री प्रहार गर्न सकेनन् भने एबिडी भिल्लियर्सले एक छक्का प्रहार गरेका थिए ।

१,सन्दिप ४ ओभर २५ रन १ विकेट १ छक्का २ चौका
२,बोल्ट ४ ओभर रन २ विकेट ३ छक्का २ चौका
३,डाला ३ ओभर ३४ रन ० विकेट २ छक्का ३ चौका
४,पटेल ४ ओभर ५१ रन १ विकेट २ छक्का ६ चौका
५,मिश्रा ४ ओभर ३३ रन १ विकेट २ छक्का १ चौका

तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

कर्णाली प्रिमियर लिग : शक्ति गौचनको रुपन्देही-११ विजयी

              सुर्खेत नेपाली राष्ट्रिय टिमका खेलाडी शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ ले भेरीगंगा क्रिकेट क्लबलाई पराजित

एट्लेटिको म्याड्रिडले जित्यो युरोपा लिग, सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी

              लियोन  फेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि

प्रथम भरतपुर २४ गोल्डकप – मनहरी फुटबल क्लब आयोजकसँग पराजित 

वैशाख ३१, ड्रिम्स -  युवा तथा खेलकुद विकास समिति भरतपुर २४ (प्रथम भरतपुर २४ गोल्डकप) को सेमिफाइनलमा प्रवेस गरेको छ । क्वर्टरफाईनल अन्तर्गत सोमवार