सिजनको इङ्गलिस प्रिमियर लिग सकियो, मोहोमद सालाह बने सर्वाधिक गोलकर्ता

 

सोमबार, ३१ बैशाख

 यो सिजनको इङ्गलिस प्रिमियर लिग फुटबल सकिएको छ ।

अन्तिम दिनका खेलहरुपछि स्वान्सी सिटी रेलिगेशनमा परेको छ भने लिभरपुलले चौथो स्थानमा लिग सकाउँदै अर्का वर्षको च्याम्पियन्स लिगमा ठाँउ बनाएको छ ।

यसैगरी लिभरपुलका इजिप्सियन खेलाडी मोहोमद सालाह प्रिमियर फुटबलको एकै सिजनमा सर्वाधिक ३२ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४-० ले हराँउदै लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएको हो ।

यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा भने लिभरपूलले रियाल मड्रिडको सामना गर्दैछ ।

गएराती ब्राईटन विरुद्ध लिभरपुललाई विजयी गराउन मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रिउ रोबर्ट्सनले एक एक गोल गरे ।

प्रिमियर लिगको अन्तिम दिनको खेलमा चेल्सीलाई न्युकासल युनाइटेडले ३-० ले हराँउदा च्याम्पियन म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई १-० ले पराजित भयो ।

यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई १-० ले हराँउदा टोटेनह्याम हट्सपरले लेस्टर सिटीलई ५-४ ले पराजित गर्‍यो ।

अन्तिम दिनको खेलमा स्टोक सिटीसँग आफ्नै मैदानमा २-१ ले पराजित हुँदै स्वान्सी सिटी रेलीगेशनमा परेको छ ।

यसपटक प्रिमियर लिगको पुछारमा रहेका तीन टोलीहरु स्वान्सी सिटी, वेष्ट ब्रोम र स्टोक सिटी दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिपमा घटुवा भएका हुन् ।

 इमेजखब

प्रतिकृया दिनुहोस

खेलकूदले देशलाई चिनाएको छ  मन्त्री विश्वकर्मा

कास्की, ४ असोज सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताउनुभएको छ । पोखरा

प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ, ४ असोज  सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

काठमाडौँ, ३ असोज     एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला