प्रथम भरतपुर २४ गोल्डकप – मनहरी फुटबल क्लब आयोजकसँग पराजित 

वैशाख ३१, ड्रिम्स - 


युवा तथा खेलकुद विकास समिति भरतपुर २४ (प्रथम भरतपुर २४ गोल्डकप) को सेमिफाइनलमा प्रवेस गरेको छ । क्वर्टरफाईनल अन्तर्गत सोमवार भएको खेलमा मनहरी फुटबल क्लबलाई ५ दुई गोल अन्तरले पराजित गर्दै आयोजक टिम सेमिफाईनलमा प्रवेस गरेको हो । 


आयोजकको जितका लागी सुलेमा मगरले ३ तथा टिम क्याप्टेन जुनित घिसिङ्ले २ गोल गरे । घिसिङ म्यान अफ दि म्याच बने । उनलाई राजु भट्टराईले ५ हजार नगद प्रदान गर्नुभयो । 


यस्तै उता मनहरीका तर्फबाट आसिफ गुरुङ र निदेश गुरुङले समान १ एक गोल गरे । यसअघि हिजो भएको खेलबाट नारायणगढ फुटबल क्लब सेमिफाईनलमा पुगीसकेको छ । 

 

अर्को क्वार्टरफाइनलमा भोली एभ्रेष्ट फुटबल क्लब बसेनी र भरतपुर ९ भिड्ने आयोजक समितिका सचिव रमेस असफलले जानकारी दिनुभयो । वैशाख २२ गत्तेदेखि सुरु भएको प्रतियोगिताको फाईनल जेठ ६ गत्ते हुनेछ । 

प्रतिकृया दिनुहोस

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ, १ पुस  विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस  नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न

बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका प्ले अफ् खेलहरुमा जित हात