भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

 

बुधबार, ०२ जेठ

 

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

 

भारत

  उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ ।
घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए ।
स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए । (रासस/सिन्ह्वा)

प्रतिकृया दिनुहोस

५ लाख पाउण्ड खर्चेर बेलायती राजकुमार ह्यारी र मेगनबीच विवाह

  15 काठमाडौं बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज (शनिबार) विवाह हुँदैछ । लन्डनबाट करिब ३० किलोमिटर

फेसन दुनियाँकाे कुम्भमेला ‘मेट गाला रेड कार्पेट’मा सेलिब्रेटीहरूकाे कमालकाे लुक्स (फाेटाेफिचर)

एजेन्सी : फेसन दुनियाँकाे कुम्भमेलाकै रूपमा लिइने मेट गाला रेड कार्पेट- २०१८ काे फेशन शाेमा हलिउड सेलिब्रेटीहरूले विभन्न नाैला पहिरनमा  कमाल

राजकुमार ह्यारी र मेगन मार्कलबीच आज विवाह

मार्कलले ‘पतिको आज्ञा पालन गर्ने’ वाचा गर्ने छैनन् राजकुमार ह्यारी र मेगन मार्कल बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज