उड्दा उड्दै विमानको सीसा फुट्यो, पाइलट आधा बाहिर

 

बुधबार, ०२ जेठ

 

उड्दा उड्दै विमानको सीसा फुट्यो, पाइलट आधा बाहिर

 

हवाई जहाज हावामा थियो तब अगाडिको सीसा टुट्यो र विमानको पाइलट आधा बाहिर । यो कुनै हलिउड फिल्मको दृश्य नभई चीनको यात्री विमानमा घटित वास्तविक घटना हो । रोचक कुरा के छ भने, विमानका अर्का पाइलटले आफ्ना को–पाइलटलाई भित्र तानेर ज्यान जोगाए र विमानलाई आकस्मिक अवतरण गराए । विमानमा सवार सबै यात्री सुरक्षित छन् । क्याप्टेन लियो च्वान जीएनले एयरबस ए–३१९, ३२ हजार फिटको उचाईमा उडिरहेका बेला ककपिटमा पड्केको आवाज आयो ।

उनले चेंगडु इकोनोमिक डेलीसँग भने, ‘यस्तो हुने कुनै चेतावनी थिएन ।’ ‘विन्डशिल्ड अचानक टुट्यो र ठूलो स्वरमा पड्किएको आवाज आयो । र मैले देखें कि मेरा को–पाइलट विन्डशिल्डभन्दा आधा बाहिर निस्किएका थिए ।’

को–पाइलटले सिट बेल्ड लगाएका कारण ठूलो दुर्घटना हुनबाट बच्यो । उनलाई तानेर भित्र ल्याइयो । यसैबीच प्रेशर र खस्कँदो तापक्रमका कारण विमानको उपकरणमा खराबी आउन थाल्यो । क्याप्टेनले भने, ‘ककपिटको हरेक सामान हावामा उडिरहेको थियो । म रेडियो सुन्न सकिरहेको थिइनँ । प्लेन यति जोडसँग हल्लिरहेको थियो कि मैले त्यसलाई नियन्त्रण गर्न सकिरहेको थिइनँ ।’

दुर्घटना कसरी ?
दुर्घटनाका बेला सिचुआन एयरलाइन्स 3U8633  दक्षिण–पश्चिम चीनको चोंग–चिंगबाट तिब्बतको ल्हासा जाँदै थियो । यात्रीलाई बिहानको नास्ता दिने क्रममा अचानक विमान ३२ हजार फिटको उचाईबाट खसेर २४ हजार फिटको उचाईमा आयो ।

एक यात्रीले आफ्नो अनुभव साझा गर्दै भने, ‘के भइरहेको छ, हामीलाई केही थाहा थिएन । निकै आत्तिएका थियौं । अक्सिजन मास्क तल आएको थियो । विमान खसिरहेको महसुस भएको थियो तर केही पलमा नै त्यो सम्हालियो ।’ चीनका नागरिक उड्डयन विभागले को–पाइलटको नारी मर्किएको र उनको अनुहारमा केही चोट लागेको जानकारी दियो ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार १ सय १९ यात्रु भएको उक्त विमानलाई सुरक्षित ल्यान्डिङ गराइयो । विमानमा उत्रिएपछि चेंगडुमा करिब २७ यात्रीको स्वास्थ्य परिक्षण गराइयो । त्यसपछि ५० बढी यात्रीले ल्हासा जानका लागि अर्को विमान बुक गरे ।

विमानलाई सुरक्षित तरिकाले अवतरण गराएकोमा क्याप्टेन लियोको सोसल मिडियामा निकै तारिफ गरिरहेका छन् । चीनको माइक्रो ब्लगिङ साइट सिना बिबोमा मंगलबार  #ChinaHeroPilot    ट्रेन्ड गरिरहेको छ । यसले १६ करोड भ्युज र १.७८ करोड कमेन्ट पायो । त्यस्तै #SichuanAirlinesWindscreenGlassCracked ह्यासट्याग ले ६.८ करोड भ्युज र ४९ हजार कमेन्ट्स पायो । -बीबीसी China Sichuan Airlines pilot 'half sucked out of plane' survives

प्रतिकृया दिनुहोस

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस

यस्ता विचित्रका तस्विर देख्नुभएको छ ? (तस्विर सहित)

एजेन्सी । संसारमा मानिसहरु अनौठा काम गर्न सोख राख्दछन् । त्यस्ता  काममाहरु उनिहरुले  खतराको  सामना गर्नुपर्ने हुन्छ । आज हामि तपाईलाई यस्तै