एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

काठमाडौँ, २ जेठ

पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको छ । दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । 

शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो । एमालेले एकताको तयारीमा लागि आज ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा

सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौँ, ३२ असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ

प्रदेशसभाले पूर्णता पायो

बुटवल, ३२ असार  प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको