नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

काठमाडौँ, २ जेठ

 पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

पार्टी एकताको विषयमा विभिन्न खालका टीका÷टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा

सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौँ, ३२ असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ

प्रदेशसभाले पूर्णता पायो

बुटवल, ३२ असार  प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको