इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, बुधबार प्रहरी मुख्यालयमै हमला, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

 

बुधबार, ०२ जेठ 

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, बुधबार प्रहरी मुख्यालयमै हमला, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

 

जकार्ता

 इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्काे प्रान्त रियाउमा बम हानिएको छ ।

बुधबार बिहान राजधानी जकार्ताबाट केही परको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका थिए । सो हमलामा भने तीनजना हमलाकारीकै मृत्यु भएको थियो । प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका आठजना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए । तर त्यस आक्रमणमा चार जना आत्मघाती हमलाकारी नै मारिएका छन् ।

अरु केही घाइते भएका छन् । प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ । यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन । उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो ।

आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको ब्रत बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । (रासस/एएफपी)

प्रतिकृया दिनुहोस

५ लाख पाउण्ड खर्चेर बेलायती राजकुमार ह्यारी र मेगनबीच विवाह

  15 काठमाडौं बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज (शनिबार) विवाह हुँदैछ । लन्डनबाट करिब ३० किलोमिटर

फेसन दुनियाँकाे कुम्भमेला ‘मेट गाला रेड कार्पेट’मा सेलिब्रेटीहरूकाे कमालकाे लुक्स (फाेटाेफिचर)

एजेन्सी : फेसन दुनियाँकाे कुम्भमेलाकै रूपमा लिइने मेट गाला रेड कार्पेट- २०१८ काे फेशन शाेमा हलिउड सेलिब्रेटीहरूले विभन्न नाैला पहिरनमा  कमाल

राजकुमार ह्यारी र मेगन मार्कलबीच आज विवाह

मार्कलले ‘पतिको आज्ञा पालन गर्ने’ वाचा गर्ने छैनन् राजकुमार ह्यारी र मेगन मार्कल बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज