सांसद विकास कोषको अवधारणा दोहो¥याउन माग

रुपन्देही, २ जेठ

 प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहो¥याउन माग गरेका छन् । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्ताव बाहेक) का सम्वन्धमा आज भएको छलफलमा उनीहरुले अल्पसंख्यक, पिछडिएको समुदायको उत्थानका लागि पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कोष आवश्यक भएको जिकिर गरे । 

प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा प्रयोगमा आएका सासंद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी संघीयतामा कति जायज छ भन्ने विषयमा राष्ट्रिय वहस भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “एकात्मक राज्य प्रणालीमा फिट भएको मोडेलको बहसको टुंगो नलगाई ५ नं प्रदेशले निर्णय गर्न मिल्दैन ।” 

मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको उल्लेख गर्दै पूर्वाधार विकासमा नै बजेट बढी जाने देखिन्छ भन्नुभयो । उहाँले पूर्वाधार र जनशक्तिको विकास नभए कृषि, पर्यटन र उद्योगको विकास हुन नसक्नेमा जोड दिँदै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन विकास गर्नुपर्ने क्षेत्र कृषि भएको बताउनुभयो । 

नेकपा (एमाले)का सचेतक भूमिश्वर ढकालले स्रोत पहिचान गरेर बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिँदै करको दायरालाई विस्तार गर्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का सचेतक दधिराम न्यौपानेले विकासका आयोजना गाउँदेखि शहरसम्म व्यवस्थित नभएको उल्लेख गर्दै चक्लाबन्दी आवश्यक छ भन्नुभयो । 

प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद् विकास कोषको अवधारणा आवश्यक भएकामा जोड दिनुभयो । 

प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले औद्योगिक करिडोर र निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल धागो कारखाना र बाँसबारी छाला उद्योग संचालनको वातावरण बनाउन आग्रह गर्दै प्रादेशिक विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले प्राविधिक शिक्षामा जोड दिँदै हरेक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचार अन्त्यका लागि पहल गर्नुपर्ने बताउनुभयो । अर्का सदस्य लौटी थारुले सुकुम्बासी समस्या समाधान गर्न लालपूर्जा वितरणको नीति ल्याउन आग्रह गर्नुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति

पुस २, २०७५ काठमाडौं– काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति जुटेको छ । तर, त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।  आजको

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री थापा

काठमाडौँ, १ पुस  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो

पुस आयो, तर आएन ओली सरकारको पानीजहाज

पुस १, २०७५ काठमाडौं– चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा