विमान दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

सुर्खेत, २ जेठ

 कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । आज बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गर्नुभएको हो । 

विमान दुर्घटनामा ज्यान गुमाउनुहुने विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो । 

मुख्यमन्त्री शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटना बढ्दै गएकाप्रति गम्भीर चिन्ता गर्नुभएको छ । 

मुख्यमन्त्री शाहीले हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनीकरणको पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन

काठमाडौँ, ३२ असार भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन । सन् २०१०मा सो दर

जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीलाई कारवाही गरिने

काठमाडौँ, ३२ असार  अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु¥याउने बिचौलियालाई

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

  काठमाडौँ, ३२ असार  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा